झापाको दमक नगरपालिकामा फराकिलो मतअन्तर बनाउँदै राप्रपा

Copy to clipboard
Copied!

काठमाडौँ – झापाको दमक नगरपालिकामा राप्रपाले फराकिलो मत अन्तर बनाएको छ। हाल सम्म गणना भएको मत परिणाम अनुसार राप्रपाका राम थापाले ७ हजार ५ सय ५३ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी गिता अधिकारीले ६ हजार ६ सय ८४ मत प्राप्त गरेकी छन्।

यस्तै उपमेयरमा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रेगिना भट्टराईले ७ हजार २ सय ३१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी अम्बिका खनालले ६ हजार ५ सय ९२ मत ल्याएकी छन्।

दमक नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीको गृह जिल्ला हो।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्