कनकाईको मेयरमा कांग्रेसका बागी थापालाई उछिन्दै एमालेका पोखरेलले लिए अग्रता

Copy to clipboard
Copied!

झापा – झापाको कनकाई नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदका कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापा पछि परेका छन्।

नेपाल एमालेका उम्मेदवार तथा निवर्तमान मेयर राजेन्द्र पोखरेलले थापालाई पछि पारेका हुन्।

अहिलेसम्मको नतिजा १२३५८ मतगणनामा एमालेका पोखरेलले ७६ मतले थापालाई पछि पारेका हुन्।

पोखरेलले ३९४० मत ल्याउदा थापाले ३८६४ मत ल्याएका छन्।

कनकाई नगरपालिकाको सुरुङ्गा क्षेत्रको मतगणना हुँदा थापालाई पोखरेलले उछिनेका हुन्।

उपमेयरमा नेपाली कांग्रेसकी आशा शर्मा शिवाकोटी अग्र स्थानमा छिन्।

शिवाकोटीले एमालेकी मन्जु प्रसाईंलाई २ सय ८५ मतले पछि पारेको अवस्था छ।

कांग्रेसकी आशा शिवाकोटीले ४५५५ र एमालेकी मन्जु प्रसाईंले ४२७० मत ल्याएका छन्।

 

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्