झापा पुनः लाल किल्ला बन्छः ओली

Copy to clipboard
Copied!

झापा – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले झापा जिल्ला पुनः लाल किल्ला बन्ने बताएका छन्।

नेकपा एमाले झापाका लागि नयाँ पार्टी नभएकाले एमाले सानदार बहुमतका साथ विजय हुने ओलीले बताए।

झापाको बिर्तामोडमा मंगलबार आयोजित चुनावी अभियान सभामा बोल्दै एमाले अध्यक्ष ओलीले अपवाद बाहेक झापा पुनः लाल किल्ला बन्ने दाबी गरे।

झापा आन्दोलनबाट नेपालमा बढेको बामपन्थी आन्दोलनले राजनीतिक आमूल परिवर्तन भएको उनले बताए।

अनेक उतारचढाव झेल्दै भए पनि नेकपा एमाले अहिले नेपालकै सबभन्दा बलियो शक्तिको रुपमा स्थापित भएको उनको भनाइ थियो।

बिर्तामोडमा आयोजित सभा अघि ओलीले झापाको भद्रपुर, हल्दीबारी तथा मेचीनगरमा नेता तथा कार्यकर्तालाई सम्बोधन गरेका थिए।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै चुनावी सभाहरूलाई सम्बोधन गर्न ओली झापा आएका हुन्।

हल्दीबारीमा आयोजित चुनावी कार्यक्रममा उहाँले बुढाबुढीको संरक्षण गर्ने पार्टी एमाले मात्र भएको बताए।

विर्तामोडमा आयोजित कार्यक्रममा नेता सुवास नेम्बाङले सबैतिरबाट षडयन्त्र भए पनि एमालेलाई कुनै असर नगर्ने बताए।

एमालेका विगतका सरकारले अरु दलका सरकारले गर्न नसकेको काम गरेर देखाएको उनले दाबी गरे।

राज्यका अंगहरूमा एमालेकै नेतृत्वमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको नेम्बाङको दाबी थियो।

बैशाख २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्