राप्रपालाई एकल्यायौं भनेर नसोच्नु, हामी लडेर जित्छौंः राप्रपा अध्यक्ष लिङ्देन

Copy to clipboard
Copied!

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपाली राजनीतिमा मूल शक्तिको रुपमा उदाएको बताएका छन्।

आइतबार झापाको कचनकवल गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले राप्रपालाई एक्ल्याएर नेपाल राजनीतिक सन्तुलन कायम हुन नसक्ने बताए।

झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई एक्ल्याएर कांग्रेस, एमाले तथा माओवादी केन्द्रले गठबन्धन बनाएका छन्।

प्रतिनिधि सभामा उनी निर्वाचित झापाको क्षेत्र नं ३ मा रहेको कचनकवल गाउँपालिकाको घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपा नेपाली राजनीति बलियो शक्तिको रुपमा उदाएको बताए।

उनले भने, ‘राप्रपालाई एक्लो बनाएर जित्छौं भनेर सपना नदेख्दा हुन्छ। हामी एक्लै लडेर जित्छौं।’

अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा राप्रपाले जितेको थियो। राप्रपाले यस पटक पनि अन्जरा आलमलाई अध्यक्ष तथा निमसरी राजवंशीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

बैशाख १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्