झापाका तीन पालिकाको प्रमुखमा एमालेका महिला उम्मेदवार

Copy to clipboard
Copied!

झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापाका १५ वटा पालिकामध्ये ३ वटा पालिकामा प्रमुख पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ।

एमाले प्रदेश कमिटीले तीन वटा पालिकामा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

बिर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतारा प्रसाई दमक नगरपालिकामा गीता अधिकारी र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेललाई उम्मेदवार बनाउने एमाले प्रदेश कमिटीले निर्णय गरेको हो।

बिर्तामोडको उपमेयरमा नगेन्द्रप्रसाद संग्रौला, भद्रपुरको मेयरमा असारु राजवंशी र उपमेयरमा कौशिला अधिकारी, गौरादहमा मेयरमा छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंशी चौधरी, कनकाईमा मेयरमा राजेन्द्रकुमार पोखरेल र उपमेयरमा मन्जु प्रसाई गौरीगञ्जमा अध्यक्षमा विजय अग्रवाल र उपाध्यक्षमा पुजन न्यौपाने कुँवर, अर्जुनधारामा मेयरमा बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुली ,शिवसताक्षी नगरपालिकामा मेयरमा रोशन थोप्रा र उपमेयरमा नरमाया कार्की, कमलमा अध्यक्ष भीम राई र उपाध्यक्षमा उषा भण्डारी सिटौला, बाह्रदशीमा अध्यक्ष देविन्द्रप्रसाद चौलागाई र उपाध्यक्षमा शान्ता खरेल, झापा गाउँपालिकामा अध्यक्ष गौरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया कोइराला, बुद्धशान्तिको उपाध्यक्षमा धरणी पोखरेल, हल्दिबारीमा अध्यक्ष डम्बरबहादुर गिरी र उपाध्यक्षमा शान्ता गौतम, दमकको उपमेयरमा अम्बिका खनाललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको हो।

त्यस्तै मेचीनगरमा प्रमुखमा गोपाल बुढाथोकी र उपप्रमुखमा मीना उप्रेतीलाई उम्मेद्वार बनाउने निर्णय भएको हो। कचनकवल गाउँपालिकाको प्रमुखमा भने एमालेले सत्ता गठबन्धनका दलसंग सहकार्य गर्ने बताइएको छ। उपप्रमुखमा नवराज भट्टराईलाई उठाउने एमालेले निर्णय गरेको छ।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्