झापामा पनि गठबन्धनबाट बाहिरिँदै कांग्रेस

Copy to clipboard
Copied!

झापा – नेपाली काङ्ग्रेस झापाले गठबन्धनबाट बाहिरिने संकेत दिएको छ।

आफ्ना कार्यकर्तालाई रुखमा मतदान गर्न तयार रहनका लागि नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले सामाजिक सञ्जालमार्फत आग्रह गरेकार छन्।

हुमागाईंले काङ्ग्रेसले ‘बोल्ड’ निर्णय गर्ने तयारी गरेको फेसबुकमा लेखेका छन्।

उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसका सबै शुभचिन्तक, मतदाता, समर्थकहरु रुखमा मतदान गर्ने तयारीमा रहनुहोस्। आम कार्यकर्ताको व्यग्र चाहनाअनुसार झापा काङ्ग्रेस बोल्ड निर्णय गर्न गइरहेछ। जय नेपाल!’

गठबन्धनभित्र तीब्र खटपट बढेपछि काङ्ग्रेसका नेताहरुले सार्वजनिक रुपमै एक्लाएक्लै चुनावमा जाने अभिव्यक्ति दिन थालेका छन्।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले पनि आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने संकेत दिइसकेका छन्।

उनले गठबन्धनभित्र रहेका अन्य दलहरुले अव्यवहारिक माग गरेका कारण अघि बढ्न नसकिने संकेत गरेका थिए।

काङ्ग्रेस कार्यकर्ताको व्यग्र चहाना र इच्छा बमोजिम एक्लै चुनावमा गएर रुखमा मतदान गर्ने तयारी गर्न नेताहरुले आग्रह गरेका छन्।

झापामा गठबन्धनभित्र ठूलो शक्ति रहेको काङ्ग्रेसले नै पालिकामा प्रमुख/उपप्रमुख नपाउने अवस्था बनेपछि उक्त पार्टी चिडिएको छ।

समाजवादी र माओवादीले १० पालिका दाबी गरेपछि काङ्ग्रेस गठबन्धनबाट बाहिर निस्किन अन्तिम तयारीमा रहेको बुझिएको छ।

बैशाख ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्