विदाईको हात हल्लाउँदै आफन्त

आँखामा आँसु र प्रतिक्षा (फोटो फिचर)

Copy to clipboard
Copied!

काठमाडौं- रातिको समय, हातमा पासपोर्ट,गलामा विदाईको खादा र आँखामा आँशु बोकेर विमानस्थलमा कुरिरहेका छन् नेपालीहरु।

आफन्त एकअर्काको गलामा गला मिलाउँदै विदाईका हात हल्लाउनुको साटो आँखाको आँसु पुछिरहेका देखिन्छन्। यो अरु कुनै ठाउँ नभएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमको हो।

नेपालबाट दैनिक विदेश जानेको संख्या दिन प्रतिदिन बढ्दो छ। विदेश जानु रहर नभइ नेपालीको बाध्‍यता बनेको छ।आफ्नो देश आफ्नो परिवार र साथीभाइलाई छोडेर अरुको देश जादाँको पीडा सायद आँखाभरि आँशु लिएर विदेश उड्नेलाई जति अरुलाई के थाहा।

हुन त विमानस्थल सधै भावुक देखिन्छ।तर रातिको समयमा अझ धेरै।विदेश जानेहरुले खचा खच भरिको त्यहाँ सबै मनिल देखिन थिए।विदेश जाने युवाको भिड थियो भने ती युवालाई पुराउन आएका उनका परिवार आनि साथीभाइको पनि त्यहाँ भाक्लो उपस्थिति थियो।

कोही राम्रेसँग है भन्दै आशु पोछि रहेका थिए भने कोही टाढा पुग्दा सम्म आफ्नो मान्छेलाई हेर्दै थिए।कतिले आफ्ना आँशु थाम्न सकेका थिएनन् भने कतिले मनमा पीडा लुकाएर ओठमा हासो ल्इाए झैँ गरेका थिए।तर जे भए पनि विदेश जानु धेरैको त बाध्यता नै हो।अनि पछिलो समय युवा माझ बनेको फेशन पनि र कति त शिक्षाका लागि जान्छन् विदेश।

 

फाल्गुन १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्