काठमाडौं- कांग्रेस उमेद्‌वार गगन थापा चुनावी प्रचारमा रहेका बेला काठमाडौंको चपलीमा सोमबार बिहान आक्रमण भएपछि उपचारका महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना भए। उनी घाइते भएको थाहा पाएपछि कांग्रेस समर्थक र गगनका शुभचिन्तकहरुको भिड अस्पताल परिसरमा लागेको थियो।

अस्पताल परिसरमा कांग्रेस नेता अर्जुननरसिंह केसीदेखि नेविसंघका नेता र कार्यकर्ताहरु उपस्थित थिए।

बुढानिलकन्ठ चपलीमा घरदैलोमा रहेका समयमा साढे ११ बजे थापालाई लक्ष्यित गरी बम विस्फोट गराईएको थियो । विस्फोटमा परी थापासहित सात जना घाइते भए। घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।