अब आइपिओ भर्दा बढीमा ५ रुपैयाँ शुल्क लाग्ने

Copy to clipboard
Copied!

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले आइपिओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ।

आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन्।

उनका अनुसार अब आइपिओ लगायतका सार्वजनिक निष्काषनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल हाे। सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने अध्यक्ष हमालले बताए।

हाल सार्वजनिक निष्काषनमा बोर्डबाट सि- आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्