झापा – पूर्वी नेपालमा बसोबास गर्न आदिवासी समुदायले नयाँ वर्षको अवसरमा मनाउने सिरुवा पर्व आजदेखि धुमधामका साथ मनाउन शुरु गरेका छन्।

राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा मनाउने गर्छन्।

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने आदिवासी बहुल क्षेत्रहरु सिरुवामय बनेका छन्। सिरुवा पर्वका अवसरमा ठाकुरबिसरी, ठाकुरब्रह्माणी, घाटोसरीसहित कूल देवीदेवताको पूजा गर्ने प्रचलन छ।

आज नयाँ बर्ष शुरुवातका दिन पानी सिरुवा मनाउने चलन छ भने २ गते काद सिरुवा र ३ गते रंग सिरुवा मनाउने चलन छ।

तस्बिरहरूः