पार्किङ गरेर राखेको बसमा अचानक आगलागी‍‍‍

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडौँको माछापोखरीस्थित एक ग्यारेजमा पार्किङ गरेर राखेको बसमा अचानक आगो लागेको छ।

मर्मतका लागि राखिएको ना.५ ख ९९६१ नम्बरको बसमा अचानक लागो लाग्दा पूर्णरुपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार गएराति साढे १० बजेतिर बुद्ध हल पछाडि रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको साे बसमा आगाे लाग्दा पूर्णरुपमा जलेर ध्वस्त भएको हाे।

हाल दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान थालिएकाे एसपी मैनालीले बताए।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्