पाँच नम्बर प्रदेशका ७ उम्मेदवार आफैँ भोट हाल्न बञ्चित

+
-

दाङ– बिहीबार भइरहेको प्रतिनिधि र प्रदेशसभा चुनावमा प्रदेश नम्बर ५ का ७ उम्मेदवारले आफैँलाई भोट हाल्न नपाउने भएका छन्।

दाङ २ बाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, प्रदेशसभा तर्फ २(१) का वाम गठबन्धनका उम्मेदवार एमाले नेता शंकर पोखरेल, सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरे र क्षेत्र नं. २ (२) का वाम गठबन्धनका उम्मेदवार अमरबहादुर डाँगीले आफ्नो भोट आफैँलाई हाल्न नपाउने भएका छन्। उनीहरुको मतदाता नामावलीमा अन्यत्रबाट नाम भएपछि चारै जनाले आफूले आफैँलाई भोट हाल्न नपाउने भएका हुन्।

मतदाता नामावलीमा महराको नाम रोल्पाबाट, शंकर पोखरेलको नाम दाङको बिजौरीबाट, कमलकिशोर घिमिरेको नाम दाङको रामपुरबाट र अमरबहादुर डाँगीको नाम घोराही उपमहानगरपालिका वडा नम्बर १८ बाट रहेकाले उनीहरुले आफूलाई भोट हाल्न पाउने भएका हुन्। शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ बिजौरीको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

यसैगरी रोल्पाका झक्कु सुवेदी आफैँलाई भोट हाल्न नपाउने उम्मेदवार मध्यमा पर्छन्। रोल्पा सुवर्णावती गाउँपालिका –६, का सुवेदी अहिले काठमाडौं –६, बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका छन्।

प्यूठानका हरि रिजाल पनि आफैँलाई भोट हाल्न नपाउने भएका हुन्। प्रदेशसभा ‘१’ बाट प्रदेशसभा सदस्यका लागि वामपन्थी गठबन्धनका उम्मेदवार उहाँ प्रदेश ‘२’ का मतदाता छन्। रिजालसँग कांग्रेसका तेजप्रसाद भण्डारीको प्रतिस्पर्धा छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?