आख्यानभन्दा गैरआख्यान किताब बढी खोजिएको वर्ष- २०८१

आख्यानभन्दा गैरआख्यान किताब बढी खोजिएको वर्ष- २०८१
+
-

‘पुस्तक बजार खस्कियो’ भन्दाभन्दै पनि प्रकाशकहरू पुस्तक प्रकाशनलाई निरन्तरता दिइरहेकै छन्। चल्तीका प्रकाशन गृहले एक महिनामा २—३ वटा साहित्यिक किताब पनि प्रकाशन गरेका छन्। यसरी हेर्दा एउटा प्रकाशन गृहले अनुवादसहित कम्तीमा वर्षमा २०—देखि ३० थान साहित्यिक किताब प्रकाशनमा ल्याउने गरेको देखिन्छ। चल्तीका दर्जन प्रकाशनगृहबाट छापिएको सबै साहित्यिक पुस्तकले चर्चा भने सोचेको जस्तो पाएन। जस्तै २०८१ मा औँलामा गनिन सकिने गैरआख्यान र आख्यान पुस्तकले चर्चा पायो।

गैरआख्यानतर्फ :
चैत पहिलो साता फाइन प्रिन्टले प्रकाशनमा ल्याएको लेखक जीवा लामिछानेको नियात्रा संस्मरण ‘अक्षत अन्टार्कटिका’ले नसोचेको चर्चा पायो। फागुनको दोस्रो साता ‘नेपाल लिट्रेचर फेष्टिबल’ पोखारामा कभर अनावरण गरेलगतै चर्चामा आएको थियो। लेखक लामिछानेले अन्टार्कटिकामा १३ दिन गरेको यात्राको विवरण पुस्तकमा पाइन्छ। लामिछानले हिउँको यात्राको अनुभूतिका साथै अन्टार्कटिकाको भूगोल, वातावरण र यात्रा इतिहासको कथा समेटेका छन्।

यसैगरी फाइन प्रिन्टले नै प्रकाशनमा ल्याएको पत्रकार लेखक रमेश भुसालको ‘छालाबाटोः कैलाशदेखि गंगासम्म’ले पनि सकारात्मक प्रतिक्रिया पायो। २०८१मा सबैभन्दा बढी बिक्री भएको पुस्तकमा दरिएको छालबाटोले कर्णालीको शिरदेखि पुछारसम्मको यात्रा वर्णन गर्छ। पृथ्वीको कुल नदीमध्ये ६० प्रतिशत बाँध बनाइएको र बाँध बाँध्न बाँकी कर्णाली नदीको सेरोफेरोको मार्मिक कथा पनि प्रस्तुत गर्दछ। साथै लेखक भुषालाई यो किताबले लेखकमा स्थापित गराउन सफल रह्यो।

इन्डिगो इन्कले प्रकाशनमा ल्याएको मानवशास्त्री सुरेश ढकाल लिखित ‘इतिहास अघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ले पनि अनेपिक्षित प्रशांसा बटुल्न सफल रह्यो।

यो वर्ष आख्यानभन्दा गैरआख्यान पुस्तकले पुस्तक बजारलाई चलायमान गर्‍यो। जस्तै छालबाटो, भिक्षु व्यापार र विद्रोह जस्ता किताब बजारमा राम्रै बिक्री भयो।

मानव उद्विकासको लामो यात्रामा मानव सभ्यताले हासिल गरेको उपलब्धी र झेलेको चुनौतीबारे प्रष्ट्याउन खोजेको छ किताबले। अर्थात प्रागैतिहासिक कालमा धर्म— महिला, नेपालको पुरातत्व, विश्वास परम्पराको इतिहास पनि किताबले सरल रूपमा बुझाउन सक्दछ।

प्रकाशनमा आएका पुस्तकहरू मध्ये शिखा बुक्सले प्रकाशनमा ल्याएको लेखक कुमारी लामाद्धारा लिखित निबन्ध संग्रह ‘दर्ज्यु संलाप’ले पनि राम्रै चर्चा पायो। अध्यापनका साथै लेखनमा पनि उत्तिकै सक्रिय लामाले भावनात्मक एवं तार्किक रूपमा आदिवासी पहिचान, श्रमिक वर्ग, सीमान्तकृत आवाजहरूलाई पुस्तकमा चित्रण गरेकी छन्। साथै पुस्तकले ताम्बा दर्शन र तामाङ मूलजरोतिर फर्किएको पनि बताइन्छ।

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हेमन्त मिश्रको संस्मराणत्मक पुस्तक ‘श्रीपाँचको सेवामा’ ले ले सोचेजति चर्चा नपाए बौद्धिक पाठकले पढ्ने किताब बन्यो। मिश्रको पुस्तकले तत्कालीन नेपालको शिकारीदेखि संरक्षणबादी शाह राजाहरूको प्रसंग र सगरमाथा राष्ट्रिय निकुन्ज र अन्नपूर्ण संरक्षण क्षेत्र स्थापना गर्दाका तगारोका विवरण पनि बताउँछ।

पत्रकार लेखक सुधीर शर्मा लिखित ‘भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट—चीन सम्बन्ध र भारत’ ले पनि बजार ततायो। चीन र तिब्बतसँग नेपालको सम्बन्धका बारेमा लेखिएको यो किताबले २०८१ मा सबैभन्दा बढी चर्चा पायो। यो पुस्तक किताब पब्लिसर्सले छापेको हो।

नेपालयले प्रकाशनमा ल्याएको महेशराज पन्त लिखित ‘पृथ्वी नारायण शाहः नायक प्रतिनायक नायकदेशीय’ पनि यो वर्ष पाठकको रोजाइमा पर्‍यो। नेपालको इतिहासका धेरै तथ्य बाहिर ल्याउनुका साथै पन्तले यस पुस्तकमा पृथ्वीनारायण शाह बारेका धेरै भ्रम र यथार्थ पर्गेलेका छन्।

आख्यानतर्फ:
आख्यानका तुलनामा गैरआख्यानात्मक पुस्तक अगाडि भए पनि केही कथा उपन्यासले यसपाली बजारमा राम्रै छाप छोडे। २०८१ मा सर्वाधिक चर्चामा रहेको भारतीय नेपाली लेखक छुदेन काबिमोको दोस्रो उपन्यास ‘उरमाल’ले राम्रै चर्चा कमायो। लेखकका अनुसार चिया टिप्ने कमाने महिलाहरूको कथा हो उरमाल। अर्थात बेलायती उपनिवेशले आदिवासीहरूमा गरेको औपनिवेशिक शोषण र कमाने महिलाको दुःखको कथा कहन्छ उरमालले।

फाइन प्रिन्टले नै प्रकाशनमा ल्याएको लेखक\पत्रकार बसन्त बस्नेत लिखित उपन्यास ‘सिमसरा’ले पनि यो वर्ष राम्रै प्रसंशा बटुल्यो। लेखक बस्नेतले यो उपन्यास नेपालको पूर्वी क्षेत्र इलामको सेरोफेरोमा बाँचेका पात्र, पारिवारिक विखण्डन र तनाब र विरक्तिको कथा टिपेका छन्।

कथा उपन्यासभन्दा पनि खोज अनुसन्धान र इतिहासमा आधारित पुस्तकहरू बजारमा माग छ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यास ‘अर्हत’ले पनि राम्रै चर्चा बटुल्यो। लेखक शैलेन्द्र अधिकारी लिखित अर्हतले बुद्धको धरावतणदेखि मृत्युसम्मका केही महत्वपूर्ण परिघटना भन्दछ। बुद्धको जीवनीको पुनर्बनोटमा तयार भएको संरचना पनि हो।

बुक हिलले प्रकाशन गरेको कवि\लेखक सरस्वती प्रतीक्षा लिखित उपन्यास ‘स्व’ले पनि यो वर्ष बजार ततायो। जीवनका फराकिलो क्यानाभासमा लेखिएको उपन्यास स्वले स्वअस्तित्वको खोजको कथा भन्दछ।

त्यसैगरी चैतको तेस्रो साता सार्वजनिक भएको तीर्थ गुरुङको ‘हिउँको गीत’ले पनि प्रशंसा बटुलिरहेको छ। सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हिउँको गीतले गुरुङ समुदायको इतिहास र ७ सय वर्ष पुरानो इतिहासको उत्खनन गर्ने कोसिस गरेको छ।

राजनीतिज्ञ मोहन विक्रम सिंहले यो वर्ष भीमकाय उपन्यास ‘कमरेड जलजला’ बजारमा ल्याएर सबैको ध्यान खिँचे। ८९ वर्षीय मोहनविक्रम लिखित उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र २७२ अङकमा विभाजन गरिएको छ। यस उपन्यासले संसार धरती मानव समाज र समाजको मनोविज्ञानको मिहिन अध्ययन विश्लेषण गरेको पाइन्छ।

नेपालयले प्रकाशनमा ल्याएको उपन्यास ‘मारीखोलाको ढुङ्गाे’ पनि चर्चामा रह्यो। यो उपन्यासले सशस्त्र द्धन्द्धकालीन नेपालको आख्यानिक झलक दिन्छ। त्यसैगरी लघुकथाकार डाक्टर रबीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ले राजनीतिको कारण अचानक अर्बपति भएको नेताले पैसाले भोक, निद्रा, सुख, माया, इज्जत, आफन्तलगायत अभौतिक कुरा किन्न सक्छु भनेर साइकोपथमा हिँडेको पात्रको उठान गरेको छ।

विक्रीका हिसाबले धेरै आख्यानहरू घटे पनि विषयबस्तु र चर्चाका हिसाबले गैरआख्यान भन्दा आख्यान नै अगाडि छ।

कवितामा कलम चलाउँदै आएका रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’ले पनि राम्रै चर्चा पायो। दशैको छेको पारेर बजारमा आएको यो कथा संग्रहको अपेक्षित बिक्री हुन नसके पनि कथावृत्तमा राम्रै चर्चा कमायो।

चर्चाका हिसाबले २०८१ मा आख्यानभन्दा गैरआख्यान पुस्तकहरू अगाडि रहेको बताउँछन् प्रकाशकहरू। इन्डिगो इन्कका प्रकाशक विष्णु पौडेलका अनुसार बजारमा पुस्तक जान छोड्यो र पनि केही गैरआख्यान पुस्तकले पुस्तक बजार चलायो। ‘कथा उपन्यासभन्दा पनि खोज अनुसन्धान र इतिहासमा आधारित पुस्तकहरू बजारमा माग छ,’ उनले भने, ‘पुस्तक नै बिक्री हुन छोडेको समयमा केही गैरआख्यान पुस्तकले यो वर्ष धान्यो।’

शिखा बुक्सका पुष्पराज पौडेलले भन्छन्, ‘यो वर्ष आख्यानभन्दा पनि गैरआख्यानका पुस्तक बढी पाठकले खोजे । उपन्यासको बजार अत्यन्तै खस्कियो। बरू निबन्ध राम्रो खोजियो । जस्तै ‘दर्ज्यु संलाप’ले राम्रै खोजिने पुस्तकमा पर्छ।

तर भाषा सम्पादक देबेन्द्र नेपालीका अनुसार यो वर्ष किताबको बजार दयनीय नै छ। उनी भन्छन्, ‘यो वर्ष आख्यानभन्दा गैरआख्यान पुस्तकले पुस्तक बजारलाई चलायमान गर्‍यो। जस्तै छालबाटो, भिक्षु व्यापार र विद्रोह जस्ता किताब बजारमा राम्रै बिक्री भयो।’

तर लेखक शैलेन्द्र अधिकारी बिक्रीका हिसाबभन्दा चर्चाका हिसाबले आख्यान अगाडि देख्छन्। उनी भन्छन्, ‘विक्रीका हिसाबले धेरै आख्यानहरू घटे पनि विषयबस्तु र चर्चाका हिसाबले गैरआख्यान भन्दा आख्यान नै अगाडि छ।’

२०८१ मा ४ हजारभन्दा बढी पुस्तकले आइएसबिएन नम्बर लिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय लाइब्रेरीले बताउँछ। र टियु लाइब्रेरी ठ्याक्कै यति थान साहित्यिक किताब प्रकाशनमा आएकाे बताउन नसकिने भन्दाभन्दै एक अनुमान सुनायाे, ‘१ हजार हाराहारीमा साहित्यिक पुस्तक प्रकाशनमा आएकाे अनुमान गर्न सकिन्छ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?