देशसञ्चार चौतारी : भाग-२६

गरिबको रोगमा किन रमाए डा. पुन?

+
-

काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले निम्त्याएका छौँ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन। कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि भित्रिएको बेला यसका खतराहरु र नेपालमा डेँगुजस्ता सरुवारोगका समस्याहरुबारे देशसञ्चार सहकर्मीहरुले डा. शेरबहादुर पुनसँग अन्तर्क्रिया गरेका छन्।

जापानबाट २ दशकअघि नेपाल फर्कँदा यहाँको अवस्था र त्यसमा पछिल्लो समयमा आएका सुधारबारे डा. पुनले कुरा गरेका छन्। उनले कोभिड १९ को महामारीको सम्भावनालगायत श्वासप्रश्वाससम्बन्धी रोग नै नेपालको एउटा महत्त्वपूर्ण रोग भएकोतर्फ पनि देशसञ्चार चौतारीमा इंगित गरेका छन्।

नेपालमा पछिल्लो समयमा झाडापखाडाजस्ता सरुवारोग कम हुँदै गएको भए पनि अन्य सरुवारोगहरुले जनस्वास्थ्यमा असर गरिरहेको पनि डा. पुनले बताए।

‘पछिल्लो समयमा आएको कोरोना भाइरसको भेरियन्टलाई नजरअन्दाज गर्न सकिँदैन तर यसले धेरै असर पुर्‍याउँछजस्तो लाग्दैन,’ डा. पुनले भने।

जापानमा प्रशस्त सम्भावना हुँदाहुँदै आफू नेपाल फर्किएको र नेपालमा पनि गरिबको रोग मानिने सरुवारोगका क्षेत्रमा निरन्तर लागिरहेको डा. पुनले बताए।

उनले स्वास्थ्यको रिसर्च र नयाँनयाँ सम्भावनाको खोजीमा आफू हरेक दिन व्यस्त रहने उल्लेख गर्दै आफ्नो कामले आफूलाई पैसा नदिए पनि सन्तुष्टि दिएको पनि उनले बताए।

उनीसँग गरिएको देशसञ्चार चौतारीको पूर्ण भाग:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?