देशसञ्चार चौतारी : भाग-२४

२६ रुपैयाँमा किनेको क्यामराले धेरै फोटो खिचेँ ‍

+
-

काठमाडौँ- फोटो पत्रकार गोपाल चित्रकारले फोटो पत्रकारितामा पाइला राखेको ५० वर्ष भयो। गोरखापत्र र रोयटर्समा उनले लामो समय काम गरे। रत्नराज्यलक्ष्मी क्याम्पसमा पढाए।

श्यामश्वेत तस्बिर छाप्दादेखि अहिले सूचना र तस्बिरको बमबार्डमेन्टसम्मको समयलाई नजिकबाट हेरेका चित्रकारसँग देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले लामो कुराकानी गर्‍यौँ।

गोरखापत्रमा टोपी टेबलमा राखेर दिनभरि हराउनेदेखि रोयटर्सको ‘यो तस्बिर जसरी पनि चाहिन्छ’ भन्ने शैलीका कामका अनुभव उनीसँग भए।

अहिले पत्रकारिताबाट सिर्जनशीलता हराउँदै गरेको टिप्पणी गर्ने चित्रकार सूचनाको बाढीले मिडिया क्षेत्र आतंकित बनाएको टिप्पणी पनि गर्छन्।

फोटो पत्रकारिताको यात्राबाट अहिले बिश्राम लिएका चित्रकार चित्रकारितामा मग्न हुने गरेका छन्। ‘चित्रकारिताले आनन्द दिन्छ’ भन्छन् र चित्र बेचेरै फोटो बेचेकोभन्दा बढी पैसा कमाएको बताउँछन्।

गल्फ खेल्ने, फुटबल खेल्नेमात्र होइन, एकदमै अनुशासित खानपान र जीवनशैली पनि बिताउने चित्रकारले आफ्नो स्वास्थ्यको रहस्यबारे देशसञ्चार चौतारीमा बताएका छन्।

हेर्नुहोस् पूरा भिडियो:

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?