सेतो मत्स्येन्द्रनाथ रथ यात्रा आजदेखि

सेतो मत्स्येन्द्रनाथ रथ यात्रा आजदेखि
वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको जात्राका लागि जमलमा रथ निर्माण गरिँदै।यस वर्ष सेतो मच्छिन्द्रनाथको जात्रा चैत ११ गते परेको छ। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
+
-

काठमाडौं – हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन सुरु हुने सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा आइतबारदेखि सुरु गरिँदै छ । आइतबार अष्टमी तथा नवमी दुवै परेकाले अष्टमीको तिथि पारेर रथ यात्रा सुरु गरिन लागेको हो ।

आइतबार दिन तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म लगिन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ । आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मत्स्येन्द्रनाथको रथयात्रा पनि आइतबार नै सुरु हुने भएको हो ।

सम्बन्धित समाचार 

सेतो मच्छिन्द्रनाथको रथ बनाउन सुरु (फोटो फिचर)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?