२०० वर्ष पुरानो मन्दिर शिलान्यास

+
-

सिन्धुपाल्चोक – भूकम्पले क्षतिग्रस्त झण्डै २०० वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिरको पुनर्निर्माणका लागि बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा शिलान्यास गरिएको छ ।

चालु आर्थिक वर्षमा १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग गरी पेगोडा (छानेशैली) मा बनाउन लागेको मन्दिरमा नेपाल तिब्बत युद्धका बेला जंगबहादुर राणाले पूजाआजा गरेको प्रमाण भेटिएको बताइएको छ ।

मन्दिरको बुधबार प्रदेश नं ३ का उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य रमेश पौडेल, विश्व हिन्दू महासंघ नेपालका सभापति नीलप्रसाद भण्डारी, स्वामी दीनदयालजी महाराज, राष्ट्रिय धर्मसभाका धर्मराज बराल, बाह्रबीसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिन, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरीशंकर नेपाल, समाजसेवी अम्बिका नेपाललगायतले सामूहिक शिलान्यास र पूजा गरे ।

त्यस अवसरमा प्रदेश नं ३ का उद्योगमन्त्री नेपालले सिन्धुपाल्चोकको बाह्रबीसेबाट रसुवाको भैरवकुण्डसँग बाटो निर्माण गरी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए ।

नगरपालिकका उपप्रमुख पाख्रिनले नगरपालिकाले मन्दिर बनाउन सहयोग गर्ने बताउँदै घुमथान–राम्चे–मानेश्वाँरा १३ किमी बाटो कालोपत्रे गरिने जानकारी दिए ।

हिन्दु महासंघका सभापति भण्डारीले झण्डै ९६ प्रतिशत ॐकार परिवारका मानिस रहेको नेपालमा हिन्दूधर्मले सबैलाई समान व्यवहार गर्ने बताउँदै मन्दिरका लागि महासंघले सहयोग गर्ने वचन दिए ।

स्वामी दीनदयालले मानेश्वाँरालाई धार्मिक पर्यटकीयस्थल बनाउन सुझाव दिए । मन्दिरका आजीवन संरक्षक बरालले मन्दिर क्षेत्रमा धर्मशाला एवं सत्तल बनाई हिन्दू धर्म, संस्कृतिका बारेमा दिनहुँ अन्तक्र्रिया गर्न आग्रह गरे ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?