२५ लाख भारतीय युवा फिर्ता गरेर नेेपाली युवालाई रोजगार : इस्तियाक राई

२५ लाख भारतीय युवा फिर्ता गरेर नेेपाली युवालाई रोजगार : इस्तियाक राई
मोहम्मद इस्तियाक राई।
+
-

देशैभरि वामगठबन्धनको जगजगी रहेका बेला नेपालगञ्ज बजार समेटिएको बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका युवा नेता मो. इस्तियाक राईले चुनाव जिते। नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले आजीवन चुनाव लडेको नेपालगञ्ज बजार क्षेत्र, स्थानीय निकायको चुनावमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर जितेको राप्रपा र उपमेयरलगायत धेरै वडा जितेको कांग्रेसको लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनको उम्मेदवारलाई फोरमका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राईले धेरै पछाडि पारे।

२१ हजार ५ सय ७५ मत ल्याएर बाँकेबाट दोस्रोपटक सांसद बनेका राईले युवाहरुलाई रोजगार दिलाउने मुद्दालाई प्रमुखतासाथ उठाएका छन्। पूर्व श्रममन्त्री राई नेपालमा २५ लाखजति भारतलगायतका कामदार रहेकाले उनीहरुलाई फिर्ता गरेर यहाँका युवाहरुलाई रोजगार दिलाउनुपर्ने बताउँछन्।

आगामी सरकारले संविधान संशोधनलगायतका मुद्दा कसरी सम्बोधन गर्छ, त्यही आधारमा आफ्नो पार्टी सरकारमा जाने बताएका राईले पूर्वाधारले युक्त नेपालगञ्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राखे। सत्ताका लागि वामगठबन्धन र कांग्रेसबीच भइरहेको आरोप–प्रत्यारोपलाई राष्ट्रपतिले छिटो अध्यादेश पारित गरेर टुंग्याउनुपर्ने धारणा राखेका राईसँग कुमार श्रेष्ठले गरेको कुराकानीः

प्रदेश राजधानी र मुख्यमन्त्रीको बहस सुरु भएको छ। तपाईँको प्रतिबद्धता पनि नेपालगञ्जलाई प्रदेश राजधानी बनाउने थियो। के तयारी गर्दै हुनुहुन्छ?

हामीले विज्ञप्ति नै निकालेर हाम्रा एजेन्डा सार्वजनिक गरेका छौं। सीमांकन हेरफेर गर्नुपर्छ। नेपालगञ्जलाई राजधानी बनाउनुपर्छ। नेपालगञ्जलाई राजधानी बनाउन जेजस्तो संघर्ष गर्नुपरे पनि हामी गर्छौ। बल भने वामगठबन्धनको कोर्टमा छ। वामगठबन्धनले नेपालगञ्जलाई प्रदेशको राजधानी तोक्छ कि तोक्दैन, नियालिरहेको छु। अहिले फेसबुक अभियान चलाएर नेपालगञ्जलाई आर्थिक राजधानीको कुरा गरिएका छन्। नेपालगञ्जमा तीन थरिका मान्छे बस्छन्। एकथरि नेपालगञ्जमा बस्ने, खाने अनि पहाडको मोह गर्ने छन्। अर्को प्रवृत्ति चाहिँ नेपालगञ्ज किनारामा पर्छ, त्यसले नेपालगञ्ज राजधानीका लागि उपयुक्त छैन भन्छन् एउटा कुनामा रहेको बुटवल राजधानीका लागि उपयुक्त हुन्छ भने नेपालगञ्ज किन हुँदैन? राजधानी पनि फित्ताले नापेर बीचमा राख्ने भन्ने हुन्छ र ? यो त पूर्वाधारयुक्त शहरलाई बनाउने हो। नेपालगञ्ज त्यसका लागि उपयुक्त छ।

बेइजिङ, दिल्ली, लखनउ, वासिंटनडिसी के बीच भागमा छन्? प्राचीन शहर, आर्थिक पहुँच, पूर्वाधारयुक्त भएकाले नेपालगञ्ज राजधानीका लागि उपयुक्त छ। अन्यत्र यत्रो पूर्वाधार निर्माण गर्न ५० वर्ष लाग्छ। नेपालगञ्जमा राजधानीका लागि कुनै चिजको कमी छैन। इन्चीटेप नापेर राजधानी बनाउने कुरा गर्नेहरु संघीयतालाई विफल पार्ने षड्यन्त्रमा लागेका छन्।

वामगठबन्धनले तत्काल सरकार छोड भनिरहेको छ र नेपाली कांग्रेसले लम्ब्याउने प्रयास गरिरहेको छ। यसलाई कसरी लिनुहुन्छ?

सरकारले अगाडि सारेको अध्यादेशलाई राष्ट्रपतिले पारित गरेर अघि बढ्नुपर्छ। राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएर वामगठबन्धनले निहुँ खोजेको छ। अध्यादेश पारित गरेर देशलाई निकास दिनु पर्छ। जितको उन्मादमा वामगठबन्धनले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नु हुँदैन। मन्त्रिपरिषद्को निर्णयलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ। भोलि वामगठबन्धनले पनि आफनो हिसावले काम गर्न सक्छन्।

तपार्इँको पार्टी सरकारमा जाने सम्भावना छ?

संविधान संशोधन हाम्रो प्रमुख मुद्दा हो। यो मुद्दालाई सरकारले कसरी सम्बोधन गर्छ? त्यसका आधारमा हामी सरकारमा जाने या नजाने तय हुन्छ। सरकारले पहिलो बैठकमा हाम्रा मुद्दा सम्बोधन गरेर अगाडि बढ्यो भने हामीले सरकारलाई भित्र र बाहिरबाट समर्थन गर्छौ।

चुनावका बेलामा युवाहरुलाई रोजगारको कुरा गर्नु भएको थियो । अब कसरी काम गर्नुहुन्छ ?
शपथ लिएपछि पहिला म श्रममन्त्री र सचिवलाई भेट्छु। नेपालमा अवैधानिक रुपमा काम गरिरहेका भारतका २२ लाख र अन्यत्रका ३ लाखलाई फिर्ता गर्नका लागि सूचना निकाल्न लगाउँछु। र, त्यसमा नेपाली युवालाई रोजगारमा लगाउन प्रयास गर्छु। सरकारले बेवास्ता गरे देशभरका युवाहरुलाई साथमा लिएर म यो भण्डाफोर अभियानमा निस्किन्छु।

नेपालगञ्ज विमानस्थल र भेरि अञ्चल अस्पतालको स्तर उन्नति, नेपालगञ्ज विश्वविद्यालय, रिङरोड, औद्योगिक केन्द्र, सुख्खा बन्दरगाह, बाढीपीडितलाई उचित बसोबास गराउने प्रतिबद्धतालाई कसरी पूरा गर्नुहुन्छ?

चुनावका बेलामा गरेको वाचा शतप्रतिशत पूरा गर्न लाग्छु। नेपालगञ्जका यी समस्या समाधान गर्ने मेरो र भावी सरकारको राष्ट्रिय दायित्व पनि हो। यसका लागि पहल गरिरहन्छु।

कसरी अघि बढ्नुहन्छ?
मलाई २ नम्बर क्षेत्रका बासिन्दाले धर्म, जात, समुदायका आधारमा मत दिएका छैनन्। यहाँ धर्म, जात र समुदायको नाममा राजनीति गर्नेलाई यो दह्रो झापड हो। आगामी ५ वर्ष मैले कुनै जात, धर्म र समुदायको नाममा नभई आवश्यकताका आधारमा विकास गर्छु। ‘सबैको साथ, सबैको विकास’का आधारमा म अघि बढ्छु।

यो पनि हेर्नुहोस्:

कांग्रेस पराजयको ‘पोस्टमार्टम’मा युवा नेताहरु

कांग्रेसमा देउवाकै निरन्तरता वा युवाको पालो?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?