‘म पिँजडाको सुगा होइन, राष्ट्रपति बन्दिनँ’

‘म पिँजडाको सुगा होइन, राष्ट्रपति बन्दिनँ’
वामदेव गौतम। फाइल फोटो
+
-

काठमाडौः एमाले उपाध्यक्ष वामदेव गौतमले छिट्टै बस्ने एकता संयोजन समितिको बैठकले बाम एकीकरण प्रक्रियालाई टुंगो लगाउने र त्योसँगै सरकार र एकीकृत पार्टी नेतृत्वबारे निर्णय लिइने बताएका छन्।

चुनावी माहोल अझै पनि नसकिएको र त्यसपछि मात्रै संयोजन समितिको बैठक बस्ने अनि त्यसले नै नेतृत्वबारे निर्णय लिने उनले बताए।
पार्टी महासचिव ईश्वर पोखरलले सरकार र एकीकृत पार्टी दुवैको नेतृत्व केपी ओलीले गर्ने भनी दिएको टिप्पणी उनको ‘व्यक्तिगत’ भएको उनले बताए।

‘पाँच वर्षका लागि पार्टी नेता को? प्रधानमन्त्री को? पार्टी एकतासँगै थाहा हुने छ। दुईवटै पद एकै व्यक्तिले लिने पनि त्यो एकीकृत पार्टीको निर्णय हुनेछ तर त्यस्तो कुरा होइन,’ देशसञ्चारका लागि युवराज घिमिरे र दीपा दाहाललाई शनिबार साँझ दिएको अन्तर्वार्तामा गौतमले भने, ‘जनादेशले दुई पार्टीको चुनावी एकतालाई अनुमोदन गरेको छ। नेपाली कांग्रेस र बामगठबन्धनबीच त्यत्ति ठूलो मत अन्तर छैन। कांग्रेसले आफ्नो साविकको मत हासिल गरेको छ। हामी अलग अलग भएको भए ऊ नै ठूलो हुन सक्थ्यो।’

बाम एकताकै सूत्रधार तपाईँकै पराजय किन भयो त निर्वाचनमा भन्ने प्रश्नमा गौतमले भने, ‘अन्तरघात, अलोकतान्त्रिक र आचारसंहिता विपरीतका आचरणले म पराजित हुन पुगेँ। औपचारिक रुपमा भन्ने हो भने म पराजित भएको छु।’

के यसमा छानबिन हुन्छ त?

गौतमले भने, ‘पार्टीले हेरिरहेको छ। पार्टीका जिल्ला र प्रदेश समितिले छानबिन गरिरहेका छन्। र, केन्द्रले पनि हेर्ने छ।’

यो पराजयपछि तपाईंको भूमिका के होला?

फेरि पनि म प्रतिनिधिसभामा जान चाहन्छु। तरिका म खोज्छु। मेरो अधिकतम उपयोगिता त्यहीँ हुनेछ। नभए देश निर्माणमा आफ्नो तरिकाबाट लाग्नेछु। राजनीतिक स्थीरता, नवनिर्माणजस्ता महत्वपूर्ण लक्ष्यका साथ काम गर्नेछु।

अन्तरघात, अलोकतान्त्रिक र आचारसंहिता विपरीतका आचरणले म पराजित हुन पुगेँ।

तस्बिर: दीपा दाहाल।

राष्ट्रपति पदको दाबेदार बन्नु हुन्छ कि?

व्यक्तिगत रुपमा म निर्वाचित राष्ट्रपतिको पक्षमा छु। २०६४ सालदेखिको मेरो प्रयास अल्पमतमा छ। अहिलेको हाम्रो पद्धति अलिकति संसदीय र अलिकति स्क्यान्डिनेभियाली जस्तो छ। अहिलेको परिस्थितिमा सिंगो राष्ट्रले चाहेमा हामी त्यस्तो व्यवस्थामा जान सक्छौँ।

तर, तपाईं राष्ट्रपति पदको दाबेदार हुनुहुन्छ त?

म जंगलको चरो, घरपालुवा या पिँजडाको सुगा या मैनाचरीजस्तो हुन चाहन्न।

फेरि पनि म प्रतिनिधिसभामा जान चाहन्छु। तरिका म खोज्छु। मेरो अधिकतम उपयोगिता त्यहीँ हुनेछ।

के एकता वार्तामा केपी ओली प्रधानमन्त्री हुने सहमति भएका होइन र?

‘हो, त्यसमा केपी र प्रचण्डलाई आलोपालो नेतृत्व दिने सहमति भएको हो, पहिला एमाले र पछि माओवादी तर कति समयका लागि कुन रुपमा त्यो छलफल गर्न बाँकी छ। दुवै पद एकै जनाले लिने भन्ने छैन,’ गौतमले भने, ‘सन्तुलन कायम राख्नुपर्छ। एमाले ठूलो पार्टी हो। नेता कार्यकर्ता धेरै छन्। एकअर्कालाई सम्मान नगरी आकारका आधारमा मात्र निर्णय गर्दा सन्तुलन र सम्मान कायम हुँदैन। अन्तरघुलन हुन सक्दैन।’

गौतमले आफू यसअघि ४५ पल्ट बाम एकता प्रयासमा संलग्न भएको स्मरण गर्दै ४६ औं प्रयासमा पनि त्यस्तै सन्तुलन र सम्मान सुनिश्चित गर्नुपर्ने बताए।

एमाले र माओवादीबीच ६०/४० अनुपातमा सिट वितरण भएको थियो।

के सरकार गठन र प्रान्तीय नेतृत्व छनौटमा पनि त्यो लागू हुन्छ?

उनले भने, ‘निर्वाचन नतिजामा ७०/३० को अनुपात देखिएको छ। प्रदेश निर्वाचन नतिजाअनुसार ६ प्रदेशमा बामगठबन्धनको बहुमत छ। नेतृत्वको छनौटमा माओवादीलाई ससम्मान स्वीकार गरिनु पर्छ,’ उनले भने।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?