‘कानुन’ जान्दै गाउँमा महिला

‘कानुन’ जान्दै गाउँमा महिला
लमही–४ सेम्रहवामा भएको कानुनी शिविरमा सहभागी स्थानीय महिला। तस्बिर: दशरथ घिमिरे
+
-

दाङ– ऐन, कानुनबारे जानेका अधिवक्ता आउने खबर पहिले नै गाउँमा पुगिसकेको थियो। श्रीमानले विवाह दर्ता र नागरिकता नबनाइदिएको, श्रीमानको कुटाइ सहेर बस्नु परिरहेको, अर्काे बिहे गरेको, छिमेकीले जग्गाको साँधसिमाना मिचेको जस्ता समस्याहरुको पोको बोकेर लमही नगरपालिका वडा नं. ४ सेम्रहवामा स्थानीय जम्मा भए।

महिलाहरुको संख्या बढी थियो। ‘श्रीमान विदेश गएका कारणले गर्दा धेरै महिलाको विवाह दर्ता र तिनका सन्तानको जन्मदर्ता हुन सकेको छैन्, आमाको उपस्थितिमा जन्मदर्ता गराउन सकिन्छ कि सकिँदैन,’ स्थानीय महिलाको समस्या राख्दै कुसुम चौधरीले प्रश्न गरिन्, ‘प्रक्रियाबारे थाहा नहुँदा जन्मदर्ता गराउन नगएको पाएका छौं।’

प्रश्नको उत्तर दिदै अधिवक्ता अर्जुन अधिकारीले छोराछोरीको जन्मदर्ता बनाउन श्रीमती वडा कार्यालयमा जानुपर्ने र त्यहाँवाट जन्मदर्ता बनाउन सकिने बताए। विवाह दर्ता बनाउन श्रीमानश्रीमती दुवै उपस्थित हुनुपर्ने उल्लेख छ ।

सहभागीले नागरिकताको प्रश्न पनि उठाए। ‘वुवाले छोराको नागरिकता बनाइदिनुभएको छैैन्, बाजे जीवित हुनुहुन्छ, बाजेको आधारमा नागरिकता ल्याउन सकिन्छ कि सकिँदैन?’ सहभागीमध्ये एकजनाले सोधे।

जवाफमा अधिवक्ता अधिकारीले बाजेको आधारमा नागरिकता दिन सकिने त्यसका लागी सनाखत बस्नुपर्ने जानकारी दिए। ऐन, कानुनको बारेमा जानकारी दिन समुदाय स्तरमा कानुनी शिविर आयोजना गरेपछि सर्वसाधारण नागरिकले कानुनबारे सोधीखोजी गर्न थालेका छन्।

लुकेर रहेका हिंसाका घटना पनि बाहिर आउन थालेपछि हिंसामा संलग्न पीडकलाई हुने कानुनी कारबाहीबारे समेत जानकारी लिन थालिएको हो। कानुनी शिविर आयोजना गरिएपछि सेम्रहवा गाउँका महिलाले विवाह भएको ३५ दिनभित्र नवदम्पतीलाई विवाह दर्ता गराउन सल्लाह दिँदै वडा कार्यालयसम्म पठाउने गर्छन्।

बच्चा जन्मिएपछि पनि जन्मदर्ता गराउन सल्लाह दिन्छन्, गाउँमा कसैको मृत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र लिन सल्लाह दिएर सम्बन्धित निकायसम्म पठाउने गरेका छन्। ‘यसअघि पनि हाम्रो गाउँमा यस्तो शिविर चलेको थियो, जसले गर्दा व्यक्तिगत घटना दर्ता समयमा नगराएमा त्यही कारणले समस्या पर्न सकिन्छ भन्ने बुझेर गाउँमा सबैलाई जानकारी दिने र घटना दर्ताका लागि वडा कार्यालयमा पठाउने गरेका छौं’, गौरी कुमालले भनिन्, ‘मेरो विवाह दर्ता, नागरिकता, हाम्रा छोरा छोरीको जन्मदर्ता सबै बनाइसकेका छौं, नबनाएकाहरुलाई बनाउन सल्लाह दिने गरेको छु।’ पहुँच परियोजना अन्तर्गत सेलर्डले लमही–४ सेम्रहवामा कानुनी शिविरको आयोजना गरेको थियो।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?