कैलालीबाट मात्रै छ जना थारु निर्वाचित

+
-

धनगढी- कैलालीमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ४० प्रतिशत थारु नेता निर्वाचित भएका छन्। नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबाट ४० प्रतिशत थारु नेता निर्वाचित भएका हुन्। एमालेबाट दुई, माओवादी केन्द्रबाट दुई र राजपाबाट दुई जना थारु उम्मेदवार विजयी भएका हुन्। नेपाली कांग्रेसले पनि अधिकांश स्थानमा थारु नेता उठाएको भएपनि उसले आफ्ना उम्मेद्वारहरुलाई जिताउन सकेन। कैलालीमा प्रदेश र प्रतिनिधि सभाका १५ सिटमध्ये ६ सिटमा थारु नेता निर्वाचित भएका हुन्। प्रतिनिधिसभाका ५ सिट मध्ये तीन सिटमा थारु नेताहरुले कब्जा जमाएका छन्।

प्रदेश नम्बर ७ को एक मात्र उपमहानगर रहेको धनगढी अर्थात क्षेत्र नम्बर ५ बाट एमालेका नारदमुनि राना, क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका गौरीशंकर चौधरी र क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी नेपालका रेशमलाल चौधरी प्रतिनिधिसभामा विजयी भएका हुन्। उनीहरुमध्ये क्षेत्र नम्बर ३ मा बिजयी गौरीशंकर चौधरीले मात्रै थारु समुदायकै नेता रामजनम चौधरीसंग प्रतिस्पर्धा गरेका थिए।

रेशम चौधरी र नारदमुनि रानाले गैरथारु अर्थात पहाडीया समुदायका नेतासँग प्रतिस्पर्धा गरेका थिए।

प्रदेश सभामा पनि ३ जना थारु नेता विजयी भएका छन्। क्षेत्र नम्बर ५ को क बाट एमालेका नेपालु चौधरी बिजयी भएका छन्। उनले कांग्रेसका जीवन रानासँग प्रतिस्पर्धा गरेका थिए। क्षेत्र नम्बर ३ को क बाट बिजयी माओवादी केन्द्रका वीरमान चौधरीले कांग्रेसका पुरन चौधरीलाई हराएका हुन्।

क्षेत्र नम्बर १ को क मा राजपाका कृष्ण चौधरी निर्वाचित भएका छन्। उनले कांग्रेसका जनक चौधरी र एमालेका लालवीर चौधरीलाई हराएका हुन्। थारु समुदायको बाक्लो उपस्थिति रहेको कैलालीमा ४० प्रतिशत थारु नेता निर्वाचित भएपछि आफूहरुका मुद्दा सम्बोधन हुनेमा थारु समुदाय आशावादी छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?