‘सभा चल्दाचल्दै छापामार शैलीमा बम हानियो’

‘सभा चल्दाचल्दै छापामार शैलीमा बम हानियो’
तुलसीपुरमा बम आक्रमणमा परी घाइते भएका विनोद चाैधरी। उनको उपचारका क्रममा निधन भएको थियो। फाइल तस्बिर
+
-

दाङ-चुनावी आमसभालाई सम्वोधन गर्न गत हप्ता प्रधानमन्त्री शेरबहादुर देउवा दाङको तुलसीपुर आएको समयमा बम विस्फोट भयो। घटनामा घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको उपचारको क्रममा मृत्यु भयो। सुरक्षा व्यवस्था चुस्त पारिएको प्रहरीले दाबी गरे पनि आम सभानजिकै विस्फोट हुन पुग्यो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले तुलसीपुर घटनामा लुकेर छापामार शैलीमा बम फालिएको अनुसन्धानबाट खुलेको बताए। ‘सुरक्षा व्यवस्था कडा थियो, तर लुकेर छापामार शैलीमा बम फालिएको पाइयो’, उनले भने, ‘चुनाव लक्षित हुने आपराधिक घटनाको सुक्ष्मरुपले अध्ययन भइरहेको छ।’

निर्वाचनको समय नजिकिएपछि दाङ जिल्लामा सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा निकाय ‘हाई अलर्ट’मा बसेका छन्। मंसिर २१ गते हुन लागेको दोस्रो चरण निर्वाचनका लागि दाङमा ४ हजार १ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन्। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार सादा पोशाकमा पनि सुरक्षाकर्मी खटिनेछन्।

निर्वाचन शान्तिपूर्ण रुपमा होस् भन्ने उद्देश्यसाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा टोली खटिएको छ। जिल्लाको तुलसीपुर क्षेत्र बढी संवेदनशील रहेको भन्दै त्यसलाई मध्यनजर गरी सुरक्षाकर्मी परिचालन गरिएको छ। दाङमा कुल ३ सय ९४ मतदान केन्द मध्य प्राविधिक र भौगोलिक दृष्टिकोणले ६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मानेर सुरक्षा प्रबन्ध गरिएको छ। पश्चिम दाङको गंगटे, मलाईखोला, सिक्टा, नाका क्षेत्रका स्थानमा जान घण्टौं हिँड्नुपर्ने भएकाले त्यस्ता स्थानमा रहेका मतदान केन्द्रलाई अति सम्वेदनशीलमा राखिएको छ। दाङको निर्वाचन क्षेत्र नम्बर १ मा १ सय २९, २ मा १ सय २८ र ३ मा १ सय ३७ वटा मतदान केन्द्र छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?