सिटीले तोड्ला युनाइटेडको कीर्तिमान ?

सिटीले  तोड्ला युनाइटेडको कीर्तिमान ?
+
-

लन्डन– इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्टहामलाई २–१ गोलले हरायो । यो जितसँगै सिटीले घरेलु लिगमा लगातार १३ औं जित हात पारेर आर्सनल, चेल्सी र सन्डरल्यान्डको नाममा रहेको कीर्तिमान बराबरी गरेको छ ।

सिटीले जारी सिजन दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई आठ अंकले पछाडि पारेको छ। सिटी यो सिजन प्रिमियर लिगको एक मात्र अपराजित टोली हो । सिटीले २८ खेल यता अपराजित छ।

इङ्लिस क्लब फुटबलमा सबैभन्दा लामो अपराजित यात्रा कायम राख्‍ने टोलीको कीर्तिमान म्यानचेस्टर युनाइटेडको छ । युनाइटेड सन्/सिजनमा लगातार ३३ खेलमाअपराजित थियो, जसमा प्रिमियर लिगमा लगातार २० खेलको अपराजितयात्रापनि समावेश थियो ।

घरेलु लिगमा सिटीले यो सिजन १५ खेलबाट १४ जित र एक बराबरीबाट ४३ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान युनाइटेडको १५ खेलबाट ३५ अंक छ ।

अन्तिम समयमा भाग्य

म्यान सिटीले पछिल्ला चार खेल ८३ मिनेटपछि गोल गरेर जितेको छ जसमा अघिल्ला तीन खेलमा रहिम स्टर्लिङले गोल गरेकाथिए । सिटीले सबै प्रतियोगितामा गरी पछिल्ला चार खेलमा साउथ ह्याम्पटनलाई २–१, हडल्सफिल्डलाई २–१ र फेयनुर्दलाई १–० गोलले हरायो।

शनिबार राति भएको खेलमा पहिलो हाफमा वेस्टहामले अग्रता लिएको थियो। वेस्टहामका एन्जेलो ओग्बोनाले ४४ औं मिनेटमा गोल गरे। तर सिटीका ओटामेन्डीले ५७औं मिनेटमा खेल बराबरीमा ल्याए । ८३ औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै म्यान सिटीलाई कठिन जित दिलाएका हुन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?