स्टडी ईन नेपाल

स्टडी ईन नेपाल
+
-

काठमाडौँ – नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा आगामी भाद्र १ र २, गते चौथो संस्करणको शैक्षिक मेला आयोजना हुने भएको छ ।

मेलाको मुख्य आयोजक भिजन भिडिया इनकरपोरेसन र एजुकेशन डट कम रहेको छ । ‘स्वदेशी शिक्षा सबैको ईच्छा’ भन्ने मुख्य उद्देश्यका साथ स्टडी ईन नेपाल मेला आयोजना गर्न लागिएको हो ।

उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जादा स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् भन्ने जानकारी विद्यार्थी माझ पुग्नु एकदमै आवश्यक भइसकेकोले मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

मेलामा नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्था मार्फत विद्यार्थीले आवश्यक परामर्श पाउन सक्नेछन् । नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् ।

मेलाको मुख्य प्रायोजक इस्लिङ्गटन कलेज रहेको छ । आगामी शुक्रबार र शनिबार २ दिन बिहान १० बजेदेखि साँझ ६ बजे सम्म काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्व विद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्विविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।

त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पस, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमी लगायतले पनि परामर्श दिनेछन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?