सोमबारदेखी एनसेलकाे मिदास ईक्लास सेवा 

सोमबारदेखी एनसेलकाे मिदास ईक्लास सेवा 
+
-

काठमाडौँ –  एनसेल प्रा.लि.ले मिदास एजुकेसन प्रा.लि.सँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ ।

यो सेवाको सुरुवात सँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य–दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभ लिन सक्नेछन् ।

मिदास ईक्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो ।

यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य–दृश्यमा आधारित र अन्तरक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुची पुर्वक सिक्न सक्छन् ।
यस सेवामा प्लेगु्रप देखि कक्षा दश सम्ममा अध्ययन गर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु रहेको छन् ।

सोमबार श्रावण २८ गते देखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन् । जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्नेछन् ।

ग्राहकले गुगल प्ले स्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमा दर्ता गरी एप चलाउन सक्नेछन् । यस एप मार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार यस सेवा भित्र रहेका कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुचारु गर्न सक्नेछन् ।

मिदास ईक्लास सदस्यतामा आधारित सेवा हो । जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा मासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्न रु ११‍‍‍.९६ ९कर सहित शुल्क रु १५.२६० शुल्क रहेको छ । त्यसैगरी साप्ताहिक योजनाको रु ५५.८१ ९कर सहित रु ७१.२६० र मासिक योजनाको रु १९९.३१ ९कर सहित रु २५४.५०० शुल्क तोकिएको विज्ञप्तिमार्फत जनाएको छ ।

मिदास एजुकेसनसँगको सहकार्यमा विद्यार्थीहरुका लागि डिजिटल लर्निङ् ल्लेटफर्म संचालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको र विद्यार्थीको शैक्षिक विकासका लागि यसले ठूलो महत्व राख्ने एनसेलले जनाएको छ ।

यो नविन सिकाई पद्धतीले डिजिटल नेपालको निर्माणमा पनि योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । एनसेलका ग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोग तथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्क लाग्नेछ । एप मार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाईमार्फत पनि आवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?