सिरहामा रासायनिक मलको अभाव

सिरहामा रासायनिक मलको अभाव
+
-

लहान- गहुँबाली छर्ने समयमा सिरहामा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् ।

बीउ छर्ने बेलामै डिएपी र युरिया मलको अभाव भएपछि गाउँ–गाउँबाट सिरहाको लहान आउने किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् ।

सिरहाको गोविन्दपुरबाट डिएपी मल लिन लहान आएका मो मस्तिकिमले तीन दिनदेखि धाउँदा पनि मल नपाएपछि रित्तो हात फर्कनुपरेको गुनासो गर्नु भएको छ । उहाँले धान काटेर गहुँ लगाउने बेलामा मल नपाएका कारण खेत बाँझै राख्नुपर्ने अवस्था आएको दुःखेसो पोखे।

कृषि सामग्री कम्पनी लहानबाट उपलब्ध भएको थोरै डिएपी र युरिया मल स्थानीय डिलरहरुले अत्यधिक महँगोमा बेच्ने गरेको र अधिकांशले त्यो पनि नपाउने अवस्था रहेको किसानले गुनासो गरेका छन्।

जिल्लाका सहकारी संस्थाले भने तीन–चार दिन धाएपछि मात्र कृषि सामग्री कम्पनी शाखा लहानमार्फत थोरै परिमाणमा डिएपी र युरिया मल पाउने गरेको र ढुवानी खर्च अत्यधिक हुँदा महँगोमा बेच्नुपरेको बताएका छन्।

यता कृषि सामग्री कम्पनी शाखा लहानका शाखा प्रबन्धक चन्द्रप्रसाद चौलागार्इंले युरिया र डिएपी मल सहजरुपमा आपूर्ति हुन नसकेकाले जिल्लामा रासायनिक मलको अभाव भएको बताए।

उहाँका अनुसार कम्पनी शाखाको गोदाममा मात्र ४८५ बोरा डिएपी मल रहेका छन् युरिया मल एक बोरा पनि गोदाममा छैन । गत कात्तिक महिनायता हालसम्म युरिया मल सात हजार ५०० बोरा र डिएपी १२ हजार २१७ बोरामात्र आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कम्पनीले युरिया प्रतिबोरा रु ७३८ र डिएपी रु दुई हजार १८८ का दरले बिक्री वितरण गर्दै आए पनि सहकारी संस्थाले निर्धारित मूल्यभन्दा बढी मूल्यमा रासायनिक मल बिक्री वितरण गर्ने गरेको किसानको गुनासो छ ।

रासायनिक मलको अभाव रहेको मौका छोपी सहकारीले बढी मूल्य लिएर रासायनिक मल बेचेको विषयमा आफ्नो कार्यालयमा हालसम्म उजुरी नपरेको प्रबन्धक चौलागार्इंको भनाइ छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?