चितवन टाइगर्स चार विकेटले पराजित

चितवन टाइगर्स चार विकेटले पराजित
+
-

काठमाडौँ-राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ।

सो जीतसँगै भैरहवा लिग चरणको एक खेलअगावै प्ले अफ चरणमा प्रवेश गरेको छ । सो हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले भैरहवालाई ८८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

भैरहवाका लागि पुनित मेहराले सर्वाधिक ३० रन जोडे भने रोहितकुमार पौडेल २०, भूपेन्द्र थापा १३, कृष्ण कार्की ९ तथा कप्तान शरद् भेषवाकरले ८ रन जोडे।

चितवनका दीपेन्द्रसिंह ऐरी र शाहव आलमले २–२ विकेट लिए भने कमलसिंह ऐरी र प्रवीण गुप्ताले १–१ विकेट झारे ।

पहिले ब्याटिङ गरेको चितवनले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो जुन प्रतियोगिताको सबैभन्दा सानो स्कोर हो।

कप्तान दीपेन्द्र र योगेन्द्रसिंह कार्कीले १५–१५ रन जोडे भने ललितसिंह भण्डारीले १३, आकाश थापा १०, प्रवीण ८ र दिलीप नाथले ४ रन जोडे।

भैरहवाका लागि शरद एक्लैले ३ विकेट लिए भने भुवन कार्की र हरिशंकर शाहले २–२ विकेट लिए । त्यस्तै कृष्ण कार्की र पुनितले १–१ विकेट झारे।

यो पनि हेर्नुहोस्:

र्इपिएलमा नेपाली खेलाडीमाथि विदेशी हाबी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?