विराटनगर र भैरहवामध्ये एक फाइनलमा

विराटनगर र भैरहवामध्ये एक फाइनलमा
+
-

काठमाडौं-राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको फाइनल पुग्न विराटनगर वारियर्स र भैरहवा ग्लाडिटर्सबीच प्रतिस्पर्धा हुने भएको छ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको आफ्नो पाँचौं तथा अन्तिम खेलमा भैरहवाले चितवन टाइगर्सलाई चार विकेटले हराएपछि विराटनगरसँग भिडन्त तय गरेको हो।

विराटनगर र भैरहवाबीच बुधबार प्रतिस्पर्धा हुने छ। विजेता फाइनल पुग्ने छ।

उक्त खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने अर्को एक अवसर पनि पाउने छ । भैरहवाले चौथो जित हात पार्नेक्रममा कसिलो बलिङ गर्‍यो।

पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८७ रन जोेडेको थियो।

दीपेन्द्रसिंह ऐरी र योगेन्द्र कार्कीले १५/१५ रन जोडे । ललित भन्डारीले १३ र अन्तिम थापाले ११ रन बनाए।

भैरहवाका बलर शरद भेषावकरले तीन तथा हरिशंकर शाह र भुवन कार्कीले दुई दुई विकेट लिए। भैरहवाले १८.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

रहवाका पुनित मिश्राले ३० र रोहित पौडेलले २० रन बनाए । भैरहवाले राउन्ड रोबिनमा विराटनगरसँग हार ब्यहोर्नुबाहेक सबैलाई हरायो।

विराटनगर भने पहिलो चरणमा अपराजित रह“दै अगाडि बढेको हो। प्रतियोगिताअन्तर्गत मंगलबार हुने दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ।

चितवनले भैरहवासँग हार ब्यहोरेपछि पोखरा पनि दोस्रो चरण पुगेको छ।

पाँच खेलबाट विराटनगरले १० अंक जोड्यो भने भैरहवाको आठ अंक भयो।

चार खेल खेलेको पोखराको चार अंक छ र ललितपुरको दुई अंक छ । पाँच खेल खेलिसकेका चितवन र काठमाडौं किंग्स इलेभेनको दुई दुई अंक छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?