सम्पादकीय

भत्किदो न्याय मन्दिर

भत्किदो न्याय मन्दिर
+
-

आधुनिक न्याय प्रणालीमा ‘मजेस्टी अफ जस्टिस’ अर्थात त्यसप्रतिको जनविश्वास अनि उसले राज्य र आम नागरिकको मन मस्तिष्कमा ओगटेको आधार नै त्यो सर्वोच्च हैसियतका आधार हुन्। त्यसैले न्यायाधीशहरु आदरयुक्त विशेषण ‘श्रीमान’ र चलनचल्तीको भाषामा ‘श्रीमान’ सम्बोधित गरिन्छन्।

पूर्वीय पद्धति या न्यायदर्शन धार्मिक तथा नैतिक मान्यताद्वारा निर्देशित हुन्छन्। न्याय दिने व्यक्ति ईश्वरका रुप हुन्छन् र न्यायाधीशले ‘घूस’ लिनु महाअपराधका रुपमा मात्र हैन, पुनर्जन्ममा त्यसको सजाय भोग्नु पर्ने मान्यताबाट जानाजान उनीहरुले अन्याय गर्दैनथे भन्ने जनविश्वास पनि थियो।

प्रजातन्त्र जनविश्वासमा आधारित ‘जनताद्वारा जनताको र जनताका लागि’ उत्कृष्ट व्यवस्था मानिनुका साथै त्यहाँ न्याय र न्यायपालिकाको सर्वोच्चता र त्यस अर्थमा कानुन र संविधानवादको केन्द्रियता रहने विश्वास गरिन्छ।

पद र प्रतिष्ठाको किनबेच, दलीय कोटाबाट न्यायाधीश नियुक्ति त्यस अर्थमा शक्तिकेन्द्रसँग न्यायपालिका निकट रहेको अवधारणा नेपालमा अहिले बनेको छ। त्यो अवधारणा पूर्ण रुपमा असत्य छ भन्न मिल्दैन। नेपाली समाजले ‘श्रीमान’ न्याय मन्दिरको उधोमुखका कारक बनेको सन्देश कुनै रुपमा सुखद मान्न सकिन्न।

प्रधानन्यायाधीश, न्यायाधीशहरु, बार सबै न्यायपालिकाका खम्बा हुन्। चारित्रिक र सामूहिक हिसाबले उनीहरु समान रुपमा न्यायपालिका पतनका लागि जिम्मेवार छन्, जसले जतातिर चोर औँला ठड्याए पनि।

नेपालको न्यायपालिकाको यो रुपबारे अन्तर्राष्ट्रिय जगतमा चर्चा भइरहँदा यो क्षेत्रको कसको अनुहारमा दाग नलागेको होला? कार्यपालिका र विविध राजनीतिक दलहरुले आफ्नो बफादारलाई न्यायाधीश बनाउने चलन सुरु गरेपछि आएको यो विकृतिबारे कमसेकम पूर्वप्रधानन्यायाधीशहरुले रचनात्मक र फरक हिसाबले पहल सुरु गर्ने कि न्यायपालिकामाथि आफ्नो अनैतिक पकड जारी राख्न द्वन्द्वरत एउटा पक्षसँग सहकार्य जारी राख्ने ?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?