आर्मीलाई काँकरभिट्टा गोल्डकपको उपाधि

आर्मीलाई काँकरभिट्टा गोल्डकपको उपाधि
काँकरभिट्टा गोल्डकपको तेस्रो संस्करणको उपाधि जितेपछि पुरस्कार ग्रहण गर्दै त्रिभुवन आर्मी क्लबका खेलाडी । तस्बिर: देश सञ्‍चार
+
-

काँकरभिट्टा-त्रिभुवन आर्मी क्लबले झापाको काँकरभिट्टामा आयोजित मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको तेस्रो संस्करणको विजेता बनेको छ। काँकरभिट्टा माविको खेल मैदानमा शुक्रबार आयोजित फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आर्मीले विजेता बनेको हो।

आर्मीले टाइ ब्रकेरमा मनाङलाई हराएसँगै आर्मीले नगद आठ लाख एक हजार नगद पुरस्कार तथा ट्रपी प्राप्त गरेको छ। यस्तै उपविजेता मनाङले चार लाख एक हजार नगद पुरस्कार तथा उपविजेताको ट्रपीमा चित्त बुझाए।
शुक्रबार निर्धारित ९० मिनेटको खेलमा कतैबाट पनि गोल हुन नसकेपछि अन्तिम निर्णयका लागि टाइ ब्रेकरको सहारा लिनु परेको थियो ।

खेल दुवै टिमबाट बराबरी प्रतिस्पर्धामा भएको थियो।टाइ ब्रकेरमा मनाङका अनिल गुरुङ, विमल बस्नेत, कमल श्रेष्ठ, हेमन गुरुङ र निराजन मल्लले प्रहार गरेका थिए। अनिल, कमल र निराजनको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले रोकिदिएका थिए।

आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, जितेन्द्र कार्की, सन्तोष तामाङ, पदम तामाङ र विवेक बस्नेतले प्रहार गरेका थिए।जितेन्द्र र पदमको प्रहार मनाङका गोल रक्षक दिनेश थापा मगरले रोकेका थिए।शुक्रबारको खेलको म्यान अफ द म्याच आर्मीका विकास खवास घोषित भए।उनले नगद दस हजार रुपैयाँ प्राप्त गरे।

त्यसैगरी राइजिङ प्लेयरको उपाधि काँकरभिट्टा फुटबल क्लबका भूषण राई घोषित भए।उनले नगर बीस हजार प्राप्त गरे। उत्कृष्ट गोल रक्षकको उपाधि आर्मीका विकेश कुथु घोषित भए।उनले पनि बीस हजार नगद पुरस्कार हात पारे।

प्रतियोगितामा सबभन्दा बढी गोल गर्ने आर्मीका दिनेश हेनजनले २५ हजार रुपैयाँ प्राप्त गरे।बेष्ट मिड फिल्डरको उपाधि मनाङका विशाल राईले जिते।उनले नगद २० हजार प्राप्त गरे।मनाङका गोल रक्षक ५१ हजार पुरस्कार सहित प्लेयर अफ द टुर्नानामेन्ट घोषित भए।आर्मीका भरत खवास वेस्ट स्ट्राइकर र कोच नविन न्यौपाने बेस्ट कोच घोषित भए।दुवैले जनही २० हजार रुपैयाँ पाए।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट तथा मेची नेत्रालयका निर्देशक डा. शरदचन्द्र प्रकाश राईले पुरस्कार वितरण गरेको प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहित रमपम झापा–११, अग्नी रुपन्देही–११, मनाङ मर्स्याङदी क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, हिमालयन शेर्पा क्लब, सुदूर पश्‍चिम-११ र भारत कोलकाताको सुभाष चन्द्र बोइज क्लबको सहभागिता थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?