प्रविधिको विकासबाट देश परिवर्तन गर्नुपर्नेमा जोड

+
-

काठमाडौँ- कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)को २४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले सूचना प्रविधिलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले विज्ञान र प्रविधिको विकासबाट मात्रै देशमा परिवर्तन गर्न सकिने बताए। नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले सूचना तथा सञ्चारको विकासमा आइसिटी अभियानको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसको अनुसन्धान र विकासमा जोड दिनुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकालले उद्योग व्यवसायी कम्प्युटर एसोसिएसनसँग सहकार्य गर्न तयार रहेको बताए।

प्रमाणीकरण नियन्त्रण कार्यालयका प्रमाणीकरण नियन्त्रक दीपक श्रेष्ठ,कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकाल, संस्थापक अध्यक्ष विमलकुमार शर्मा लगायतका वक्ताले सूचना प्रविधिको विविध क्षेत्रमा प्रकाश पारे। सो अवसरमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रलाई सम्मान गरिएको थियो।

सन् १९९२ मा स्थापना भएको क्यानले सन् १९९५ देखि क्यान इन्फोटेक मेला आयोजना गर्दै आएको छ।

यो पनि हेर्नुहोस्:

फेसबुक वेब र एपमा सर्च हिस्ट्री कसरी हटाउने?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?