प्रदेश १ को मुख्यमन्त्री मै बन्छुः शेरधन

प्रदेश १ को मुख्यमन्त्री मै बन्छुः शेरधन
+
-

प्रदेश नम्बर एकको भोजपुरबाट प्रदेशसभा सदस्यमा जित हात पारेका एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री शेरधन राईले पार्टीले आफ्नो विगतको भूमिकालाई न्याय गर्ने बताएका छन्। यसअघि पनि तीनपटक प्रत्यक्षतर्फबाट सांसदमा निर्वाचित राई केन्द्र सरकारमा आफूले सफल कार्य गरेको दाबी गरिरहेका छन्। उनीसँग देशसञ्चारले शुक्रबार गरेको संवादः

तपार्इँ मुख्यमन्त्री बन्ने आधार के?

मुख्यमन्त्री बन्न मैले आफ्नो सम्पूर्ण योग्यता पुर्‍याइसकेको छु। म यो पटक गरी तेस्रोपटक संसदमा पुगिसकेको छु। प्रदेश नम्बर एक बेग्लै विशेषता बोकेको प्रदेशमा पर्दछ। भुगोल , जातजातिको हिसाबले, धार्मिक र विकास र समृद्धि लगायतका एजेन्डा पूरा गर्न म सक्षम छु। यी विषय सम्बोधन गर्नकै लागि पनि सबैले उपयुक्त व्यक्ति खोजी गरिरहेको र त्यसमा म आफूलाई योग्य ठान्छु।

सुनसरीबाट भीम आचार्य र झापाबाट हिक्मत कार्कीको नाम पनि मुख्यमन्त्रीको दावेदारीमा छ?

म पूर्ण विश्वस्त छु। पार्टीले संस्थागत निर्णय गर्नुपर्दा पनि धेरै लजिकल आधारहरु मेरो पक्षमा रहेको छ। लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढ्दा पनि म आफू दलमा निर्वाचित हुनसक्छु।

प्रदेश समृद्ध बनाउने तपाईँको योजना के रहेको छ?

धेरै कुरा छ। त्यसपनि मुख्यत: कृषिको पूर्वाधार, औद्योगिक विकास, पर्यटन प्रवर्द्धनमा जोड दिने र जलस्रोतलाई मुख्य आधार बनाएर यहाँको विकास र समृद्धिलाई तीव्रगतिमा अघि बढाउनेछौँ।

धनकुटा, इटहरी, विराटनगर पनि प्रदेशको राजधानीको रुपमा आइरहेको छ ?

अहिले धनकुटालाई स्तवस्फुर्त रुपमा राजधानी बनाउनुपर्छ भन्ने आवाज उठिरहेको छ। त्यसमा इटहरी, विराटनगर पनि छ। यस विषयमा हामी बुझ्छौँ र कुरा सुनेर परिपक्व र उपयुक्त ढंगबाट यसको टुंगो लगाउनेछौँ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?