पिएफए अत्तरिया फारवेस्ट पशुपति कपको फाइनलमा

पिएफए अत्तरिया फारवेस्ट पशुपति कपको फाइनलमा
+
-

धनगढी- पिएफए अत्तरिया धनगढीमा जारी फारवेस्ट पशुपति कपको फाइनलमा पुगेको छ। धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई हराउँदै पिएफए उपाधिनजिक पुगेको हो।

उसले बलियो प्रतिद्वन्द्वी सुुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई १–० ले किनारा लगाएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको एक मात्रै निर्णायक गोल मणिराम चौधरीले गरे। पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको २६ औं मिनेटमा डिबक्सभित्र पाएको बललाई सदुपयोग गर्दै मणिरामले गरेको प्रहार वारमा लागेर गोलमा परिणत भएको हो।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले दोस्रो हाफमा पाएका धेरै मौका चुकायो। दोस्रो हाफको अन्त्यतिर वान भर्सेस वान, डिबक्स नजिकैका प्रहारलाई सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका खेलाडीले सदुपयोग गर्न सकेनन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पिएफए अत्तरियाका विश्व अधिकारी म्यान अफ द म्याच भए।

प्रतिस्पर्धात्मक खेलमा जित हात पारेको खुशी व्यक्त गर्दै पिएफए अत्तरियाका प्रशिक्षक सन्तोष भट्टले अब उपाधि जित्ने दाबी गरे।
सुदूरपश्चिम ११ का प्रशिक्षक ललित चन्दले सजिलै गोल गर्न सकिने मौका चुकेकोले हार व्यहोरेको बताए।

मंसिर २८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक फारवेस्ट पशुपति युवा क्लब र न्यू बुद्ध युवा क्लव फूलबारी प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल पुस ८ गते शनिबार धनगढी रंगशालामा हुने आयोजक फारवेस्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले जानकारी दिए।

 

यो पनि हेर्नुहोस्:

पिएफए र न्यू बुद्ध सेमिफाइनलमा

पिएफए र फारवेस्ट दोस्रो चरणमा

दाङको स्पोर्ट्स स्कुल र न्यु बुद्ध अन्तिम आठमा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?