पारसको टोलीको दोस्रो जित

पारसको टोलीको दोस्रो जित
+
-

काठमाडौं-राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ।

कीर्तिपुर मैदानमा बुधबार भएको पहिलो खेलमा विराटनगरले पोखरा राइनोजलाई तीन विकेटले हरायो ।

पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २२ रन जोडेको थियो । विराटनगरले १९.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

विराटनगरको पालीमा प्रारम्भिक ब्याट्सम्यान अंशुमान रठले ६० रनले जोड्यो । बाबर हायातले २२ र कप्तान पारसले ११ रन बनाए । रठले ६१ बलमा दुई छक्का र ६ चौका प्रहार गरे ।

त्यसअघि पोखराको पालीमा राजेश पुलामी मगरले ३०, इस्रारुल्लाहले २१, सुनिल धमलाले १८ र ताज वालीले १८ रन बनाए । सौरभ खनाल १६ रनमा आउट भए ।

पारसले चार ओभरमा २८ रन खर्चिएर तीन विकेट लिएका थिए । विराटनगरका रठ प्लेयर अफ दी म्याच घोषित भए।

विराटनगर दुई खेलबाट चार अंक जोडेर तालिकाको शिर्षस्थानमा छ । प्रतियोगिताअन्तर्गत अहिले भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा भईरहेको छ।

यो पनि हेर्नुहोस्:

पारसको टीम विराटनगर वारियर्स विजयी

पारसको टोलीको बलियो ब्याटिङ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?