विदेश जाने कामदारले तिर्नुपर्ने शुल्क फेरि तोकिने

विदेश जाने कामदारले तिर्नुपर्ने शुल्क फेरि तोकिने
+
-

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले तिर्नुपर्ने सेवा शुल्क फेरि निर्धारण गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै सेवा शुल्क निर्धारणका लागि समिति गठन गरेको जानकारी गराएको हो ।

सोमबार बसेको बोर्डको बैठकले सेवा शुल्क निर्धारणका लागि साउदीका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेको संयोजकत्वमा समिति बनाएको छ। समितिले दुई महिना भित्रमा अध्ययन गरेर कुन देश जाँदा कति शुल्क तिर्नु पर्ने भन्ने प्रतिवेदन तयार गर्नेछ। यस्तै यही समितिलाई नयाँ गन्तव्य खोज्ने जिम्वेवारी समेत दिइएको श्रम मन्त्री गोकर्ण बिष्टले बताए।

मन्त्री बिष्टले यसअघि नै निर्णय भएको फ्री भिसा, फ्री टिकटको निर्णय भने कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन्। उनले भने, ‘अरु देशको शुल्क तोक्न समिति बनाइएको हो, पहिले निर्णय भएको देशमा कार्यान्वयन गरेरै छाड्छु।’ केही दिनभित्रैमा यो निर्णय कार्यान्वयनमा लाग्नेसमेत मन्त्री बिष्टले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?