हारेको कारण पत्ता लगाउन राप्रपा जुर्मुरायो

+
-

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले आफ्नो दल पराजित भएको निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार गर्न अध्यक्ष पशुपतिशम्शेर जबराको संयोजकत्वमा नौ सदस्यीय विश्लेषण तथा समीक्षा समिति गठन गरेको छ।

प्रवक्ता राजेन्द्र गुरुङका अनुसार समितिको सदस्यमा उपाध्यक्षत्रय दीपक बोहरा, केशरबहादुर विष्ट र विक्रम पाण्डे, महामन्त्रीद्वय सुनिलबहादुर थापा र ध्रुवबहादुर प्रधान, नेताहरु नवराज सुवेदी, हरिबहादुर बस्नेत र ठाकुरप्रसाद शर्मा छन्।

उक्त समितिले बुधबार काम थाली पुसभित्र प्रतिवेदन पार्टीलाई बुझाउनेछ। केन्द्रीय कार्यालय चाबहिलमा मंगलबार बसेको बैठकमा महामन्त्री प्रधानले निर्वाचनमा पार्टीको अवस्था तथा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक विषयको प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैठकले मुलुकमा विकसित भएको राजनीतिक अवस्थाको समीक्षा गरी पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने निर्णय गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरेकामा सरकारलाई धन्यवाद दिएको प्रवक्ता गुरुङले जानकारी दिए।

यो पनि हेर्नुहोस्:

६६ लाख मत गणना : राप्रपा र विवेकशील हाराहारी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?