पराजित आरजुले भनिन्, अर्कोपटक पनि यहीँबाट लड्छु

पराजित आरजुले भनिन्, अर्कोपटक पनि यहीँबाट लड्छु
मतदातालाई धन्यवाद दिने क्रममा गाउँगाउँ भ्रमण गर्दै आरजु राणा। तस्बिर: देशसञ्चार।
+
-

धनगढी-  कैलाली ५ बाट प्रतिनिधिसभामा पराजित प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुगेकी छन्। टोलटोलमा सभाको आयोजना गर्दै आरजुले मतदातालाई धन्यवाद दिएकी हुन्।

आरजुले मंगलबार धनगढी उपमहानगरपालिकाको फूलबारी क्षेत्रमा ३ वटा धन्यवाद सभा आयोजना गरेकी छिन्। वडा नम्बर १४, १८ र १९ मा आयोजित धन्यवादसभामा आरजुले अब यसै क्षेत्रबाट राजनीति गर्ने र जनताले आफूलाई दिएको मतको कदर गर्ने बताइन्।

चुनावमा आफू पराजित भए पनि यस क्षेत्रको विकासका लागि कटिबद्ध भएर लाग्ने उनले बताइन्। उनले ५ वर्षपछि हुने निर्वाचनमा आफू फेरि यही क्षेत्रबाट चुनाव लड्ने पनि बताइन्।

स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी मेयर नृप ओड र उपमेयर सुशीला मिश्र भट्टलाई साथमा लिएर आरजुले धन्यवाद सभा आयोजना गरेकी हुन्। उनले धनगढी उपमहानगरपालिकाका सबै वडासहित क्षेत्र नम्बर ५ भरिका गाउँमा धन्यवाद सभाको आयोजना गर्ने कार्यक्रम छ।

मंसिर २१ गते भएको निर्वाचनमा आरजु एमालेका नारदमुनि रानासँग ४ हजार ८ सय ८० मतले पराजित भएकी थिइन्।

यो पनि हेर्नुहोस्:

चुनाव जितेपछि प्रचण्ड घरघरमा

राजदूत छाडेर चुनाव लडेका उपाध्याय पराजित

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?