रसुवागढी नाकाबाट ओलीले भने, ‘देशमा परिवर्तनको खाँचो छ’

रसुवागढी नाकाबाट ओलीले भने, ‘देशमा परिवर्तनको खाँचो छ’
+
-

काठमाडौं- एमाले अध्‍यक्ष केपी शर्मा ओलीले देशमा तीव्र परिवर्तनको खाँचो रहेको बताएका छन्। मंगलबार उत्तरी नाका रसुवागढी निरीक्षणमा निस्किएका बेला टिमुरेमा आयोजित स्वागत तथा बधाई कार्यक्रम्मा उनले यस्तो बताएका हुन्।

ओलीले भने, ‘देशमा लामो समयको बलिदानी र संघर्षपछि परिवर्तनको खाँचो छ। राष्ट्र सेवक र नेपाली जनताले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अब परिवर्तन जरुरी छ।’ उनले अब देशमा बाम नेतृत्वमा सरकार र विकासका पाइला अघि बढ्‍ने बताए।

निरीक्षणमा अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरु सुवासचन्द्र नेम्वाङ,  ईश्‍वर पोखरेललगायत सहभागी छन्। 
संघीय नेपालमा पहिलो पटक सम्पन्‍न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एमालेले बहुमत ल्‍याएपछि ओली सहितको शीर्ष नेताहरुले रसुवागढीको निरीक्षण गरेका हुन्।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले ओली सहितको शीर्ष नेता रसुवागढी पुगेको तस्बिर सामाजिक सञ्‍जाल फेसबुकमा राखेका छन्। ओलीले रसुवागढी नाकाको निरीक्षण गर्नुलाई महत्वपूर्ण मानिएको छ।

यो पनि हेर्नुहोस्:

ओलीले भने, अब संघर्ष का दिन सकिए

ओलीले भने, देउवा खेलका बीच नियम फेर्दै छन्

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?