अहिले हल्ला गर्दिन, परिणाम देखिने गरी काम गर्छु: श्रममन्त्री बिष्ट

अहिले हल्ला गर्दिन, परिणाम देखिने गरी काम गर्छु: श्रममन्त्री बिष्ट
+
-

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू गम्भीर छलफलमा रहेको बताएका छन् । मन्त्री भएको १८ दिन हुँदासम्म वैदेशिक रोजगारको क्षेत्रमा कुनै सुधारका कार्यक्रम नल्याएका मन्त्री विष्टले वैदेशिक रोजगार पत्रकार समाजले गरेको अन्तरक्रियामा कार्ययोजना ल्याएर हल्ला मात्रै नगर्ने बताएका हुन्।

उनले भने, ‘अहिले म छलफलमै छु, सबैसँग छलफल गर्दैछु, बुझेर मात्रै काम गर्छु र त्यो परिणाममुखी हुनेछ’, उनले थपे, ‘तपाईंहरु ढुक्क हुनुस्, बेथितिको राज तोडिने डरले सलबलाउन सक्छन् तर अब वैदेशिक रोजगारको क्षेत्रमा सबैका सिन्डिकेट तोडिन्छन्।’

कार्यक्रममा विभिन्न देशका एनआरएनएका पदाधिकारीले मन्त्रीलाई सुझाव दिएका थिए। एनआरएनएका सचिव डिबी क्षेत्रीले सरकारको काममा सहयोग गर्न एनआरएनए तयार रहेको भन्दै दलालको जालो तोड्न म्यानपावर व्यावसायीले सिधै कम्पनीसँग काम गर्नुपर्ने बताए। एनआरएनए वैदेशिक रोजगारीमा जाने युवालाई सूचना दिन काम गर्न तयार रहेको उनले बताए ।

एनआरएनएका मध्यपूर्व संयोजक आरके शर्माले विदेशमा रहेका नेपाली दूतावासले कामदारको हितमा पर्याप्त काम गर्न नसकेको बताए । उनले भने, ‘हामीले कानुनी सहयोग गर्ने भनेका छौं तर स्थानीय भाषा नजानेका कानूनी व्यवसायी राख्दा प्रभावकारी काम भएको छैन।’ विदेशका जेल र अस्पतालमा धेरै नेपाली रहेको भन्दै तत्काल उनीहरुको उद्धारमा लाग्न समेत उनको सुझाव छ ।

एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले विदेशका दूतावासले कालो सूचीमा राखेका कम्पनीमा कामदार पठाउन स्वीकृति दिइरहेको भन्दै मन्त्री बिष्टको ध्यानाकर्षण गराएका छन् । एनअराएनए कोरियाकी सदस्य इन्दिरा तिवारीले कोरियामा गाह्रो, फोहोरी र खतरा काम गर्नुपर्दा नेपालीले आत्महत्या गर्ने क्रम बढेको बताइन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?