कीर्तिपुर मैदानमा पाकिस्तानी खेलाडीको कमाल

कीर्तिपुर मैदानमा पाकिस्तानी खेलाडीको कमाल
+
-

काठमाडौं-पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन मंगलबार सम्पन्न खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटले हरायो।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पोखराले एक सय १४ रनको लक्ष्य १७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्‍यो । पोखराका प्रारम्भिक ब्याट्सम्यानद्धय इस्रारुल्लाहले ६१ र सुनिल धमलाले ४६ रन बनाए।

पाकिस्तानी खेलाडी इस्रारुल्लाहले ५४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । धमलाले ५४ बलमा दुई छक्का र तीन चौका हिर्काए । २८ वर्षिय इस्रारुल्लाह प्लेयर अफ दी म्याच घोषित भए।

त्यसअघि चितवनले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १३ रन जोडेको थियो। चितवनको पालीमा कप्तान दिपेन्द्रसिंह ऐरीले ४२ र अनिल मन्डलले ३२ रन बनाए।

दिलिपनाथ ६, साबेज खान शुन्य , भिम सार्की आठ र योगेन्द्र कार्की सात रनमा आउट भए । पोखराका बलर इस्रारुल्लाहले चार र ताज वालीले तीन विकेट लिए। इस्रारुल्लाहले चार ओभरमा २२ रन खर्चिएका थिए।

पाकिस्तानकै वालीले चार ओभरमा २१ रन दिए । प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुने छ।

यो पनि हेर्नुहोस्:

ललितपुरको विजयी सुरुवात

काठमाडौं किङ्स ८९ रनमा सीमित

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?