कविता

छुटिएर बिर्सनेहरु

छुटिएर बिर्सनेहरु
+
-

छुटिएर बिर्सनेहरु

 

 

 

आश निराश भए, पराइ खास पनि भए
देख्नलाई त एक्लै देखेको हो सपना
जोडिएर गल्लिहरु, विपना एक सास भए
सँगै बढ्दा नि बाटा, उल्टिए जीवनका पाटा
ए छुटिएर बिर्सनेहरु
यहीँ पर्खौं ! पछाडि त कसरी फर्कौं !

अघि गएकाहरु अघि छन्, पर्खन्नन् ।
पछि भएकाहरु हिँड्न छाडे
आफ्ना सपनाहरु पनि किन्न थाले
यसै गन्तव्य पुग्छन्, सके किन्छन्, नसके बिक्छन् ।
ए मझधारमा छोड्ने साथी
बस्दा बस्दै थाकेको छु
यहीँ पर्खौँ ! पछाडि त कसरी फर्कौँ !

सपना देखेर निदाइयो यही संघार
कोही आएर धकेलिदिए हुने
कोही आएर तानिदिए हुने
तँ अझै छस् ठानिदिए हुने
कसैले आफ्नै मानिदिए हुने
बस्दा बस्दै थाकेको छु
यहीँ पर्खौं ! पछाडि त कसरी फर्कौं !

एकै ठाउँ हुँदा झनै थाकिने रहेछ
विस्तारै विस्तारै भएपनि बढ्नु पर्ने
ओर्लिएका बाटा उक्लनु पर्ने ।
चढ्दा चढ्दै झर्न जान्नुपर्ने
झर्दा झर्दै चढ्न जान्नुपर्ने
म त बस्दा बस्दै थाकेको छु
यहीँ पर्खौँ ! पछाडि त कसरी फर्कौं !

– ऋग्वेद शर्मा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?