बजेट अभावमा जिल्ला अस्पतालमा ‘न्यानो झोला’ कार्यक्रम स्थगित

बजेट अभावमा जिल्ला अस्पतालमा ‘न्यानो झोला’ कार्यक्रम स्थगित
+
-

लमजुङ-जिल्ला अस्पतालमा बजेट नहुँदा सुत्केरीले पाउने ‘न्यानो झोला’ कार्यक्रम स्थगित भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आउने रकम चालू आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत चार महिनादेखि सो कार्यक्रम स्थगित भएसँगै जिल्लाका सुत्केरी महिला तथा नवजात शिशु प्रभावित भएका छन्।

कार्यक्रम नियमित गर्न सम्बन्धित स्थानीय तहसँग बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्या वृद्धि भइरहेका बेला सरकारले दिँदै आएको उक्त कार्यक्रम स्थगित हुनु दुर्भाग्य भएको उक्त अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए।

नियमित जाँच गराई स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले रु एक हजार ४०० सहित न्यानो झोला दिँदै आएको थियो।

न्यानो झोलामा नवजात शिशुलार्ई भोटो, तैलिया, रुमाललगायतका न्यानो कपडाका साथ आमाका लागि दुईजोर म्याक्सी राखिन्थ्यो।स्थानीय तहबाट बजेट वा सामग्री आएलगत्तै कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?