आइसरले ल्यायो ठूलो क्षमताको टिप्पर

आइसरले ल्यायो ठूलो क्षमताको टिप्पर
+
-

काठमाडाैँ- भल्भो आइसर कमर्सियल भेइकल कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता इस्टर्न एजेन्सीले नेपालमा ठूलो क्षमताको टिप्पर सार्वजनिक गरेको छ। शुक्रबार राजधानीको एक होटलमा आइसर कन्ट्रक्सन समिटकोआयोजना गरी इस्टर्न एजेन्सीले टिप्पर ल्याएको हो।

भल्भो ग्रुपको अत्याधुनिक प्रविाधिमा निर्मित ३ सय ३० हर्सपावर क्षमताको ‘आइसर प्रो ८०३१ एक्स एम’टिप्पर आइसर इण्डियाका सिनियर भाइस प्रेसिडेन्ट तथा इन्टरनेसनल बिजनेस हेड एसएस गिल र बतास अर्गनाईजेसनका अध्यक्ष आनन्दराज बतासले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

नेपालमा पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेकाले ठूलो क्षमताका टिप्पर सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

निर्माण व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कम्पनीले ८ देखि २५ टन क्षमताका टिप्परहरु प्रदर्शनी गरेको थियो।

प्रदर्शनमा राखिएका भल्भो ग्रुपको प्रविधिमा निर्मित टिप्परहरु इन्धन र मर्मत खर्चका हिसाबले किफायती रहेको बतास अर्गनाइजेसन अन्तर्गतको इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले दाबी गरे।

पौडेलले अधिकांश टिप्परहरु कम्पनीमा निर्मित फुलबडीका साथ आउने भएकोले खरिद गर्नासाथै चलाउन सकिने खालका रहेको बताए।

कार्यक्रममा भल्भो आइसर कमर्सियल भेहिकलका नेपाल तथा बंगलादेशका कन्ट्री मेनेजर तरुण अरोरा र हेड रिटेल सर्भिस सुरेश कुमार गुप्ता उपस्थित थिए।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?