सम्पादकीय

पत्र प्रकरण: कूटनीतिको अस्वीकार्य शैली

पत्र प्रकरण: कूटनीतिको अस्वीकार्य शैली
+
-

अहिले सामाजिक सञ्जालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिलाई त्यहाँ कोरोना भाइरसद्वारा संक्रमित महामारी नियन्त्रण गर्न सफल भएकोमा बधाई तथा नेपालमा जारी प्रयासमा सहयोगको याचनासाथ लेखेको पत्र ‘भाइरल’ भएको छ।

मुख्यतया त्यसमा भाषागत त्रुटि र अभिव्यक्तिको शैलीलाई लिएर आलोचनापूर्ण टिप्पणीहरु आएका छन् सामाजिक सञ्जालमा। पत्रकारिताका अथक साधक र अध्यापक धर्म अधिकारीले त त्यसलाई ‘पत्र कसरी नलेख्ने’ त्यसको उदाहरण मानेका छन्।

दाहालको मातृ र बोली भाषा नेपाली हो, अंग्रेजी होइन। तर, पत्राचार हुँदा भाषा र सन्देश स्पष्ट भएन भने दिन खोजेको सन्देश अर्को पक्षले बुझ्दैन। त्यस अर्थमा दाहालले ठूलो कमजोरी प्रदर्शन गरेका छन्।

तर, त्यो भन्दा महत्वपूर्ण कुरा राज्य सञ्चालनको नीति र मान्यतालाई ठाडै चुनौती दिएर दाहालले नेपाल र नेपालीकै अपमान गरेका छन्।

विदेशी राज्य या सरकार प्रमुखसँगै विशिष्ट व्यक्तिहरुसँगको पत्राचार र भेटघाट अनि छलफलको विषय र व्यहोरा परराष्ट्र मन्त्रालयको जानकारी र सल्लाहमा गरिनुपर्ने सामान्य परम्परा र नियम हो। सत्ताधारी दलका अध्यक्षद्वारा प्रेषित पत्र परराष्ट्र मन्त्रालय तथा सरकारको जानकारीमा नरहनु आफैँमा आपत्तिजनक हो।

त्यसमा पनि विशिष्ट राजनेतासँगको पत्राचारमा कूटनीतिको मर्यादाले माग्ने भाषासमेत उपयुक्त तरिका र शैलीमा प्रयोग नहुनु या मुलुकको पूर्वप्रधानमन्त्रीले योग्य मार्गदर्शन नपाउनुले नेपाली नेतृत्व वर्ग कति सानो दायराबाट काम गर्दोरहेछ, स्पष्ट भएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमणको सम्भावनालाई लिएर व्यापक चिन्ता छ। सरकारले दुई साताका लागि घोषणा गरेको ‘लक डाउन’बाट सम्पूर्ण कष्ट र अभाव सहेर पनि जनताले आआफ्नो ठाउँबाट सहयोग पुर्‍याइरहेका छन्।

आउन सक्ने प्रतिकूल परिस्थितिमा विदेशबाट कस्तो सहयोग आवश्यक हुन्छ, त्यसकाे उचित लेखाजोखा गरेर आधिकारिक पत्राचार गर्ने र त्यसका लागि परिआएमा नेपाली नेताहरुमा बाहिर जगतसँग भएको सम्पर्क र सद्भाव प्रयोग गर्ने कुरा नियमित कूटनीतिक हिस्सा हुन्। तर हरेक नेताले अष्पष्ट पत्र लेखी बाहिरी सहयोग याचना गरेमा मुलुकभित्र र बाहिर त्यसको नकारात्मक सन्देश जानेछ।

नेपाली नेताहरु ‘मगन्ते’ हुन्, र कसले कति माग्न सक्छ पत्रद्वारा भएपनि त्यसमा प्रतिस्पर्धा कूटनीतिको अस्वीकार्य शैली हो। हिजो राज्य, राजसंस्था र प्रतिस्पर्धी राजनीतिक दल तथा फरक कित्तामा उभिएका नेपाली जनताविरुद्ध हतियार उठाउँदा विदेशी गुहारेको भन्दा फरक हैसियतमा छन्, दाहाल अहिले।

उनी सत्ताधारी दलका अध्यक्ष हुन्। उनको पत्रले दल र सरकारको भावना अनुमोदनसमेत नबोक्नु दु:खद प्रसंग हो। कूटनीतिमा यस्ता अकूटनीतिक आचरणमा पूर्वविराम लाग्नु आवश्यक छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?