भारतीय कलाकार ‘आश किङ’ झापा आउने

भारतीय कलाकार ‘आश किङ’ झापा आउने
बलिउड कलाकार आश किङ आउनेबारे जानकारी गराउँदै आयोजक। तस्बिर: देशसञ्चार।
+
-

झापा- झापाको अर्जुनधारामा रहेको ‘द फन वर्ल्ड’ ले पहिलोपटक चर्चित भारतीय कलाकार ल्याएर लाइभ कन्सर्ट गर्ने भएको छ।

आन्तरिक र बाह्य पर्यटनको गन्तव्यका रुपमा पहिचान बनाएको फन वर्ल्डले यसअघि स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा कन्सर्ट आयोजना गर्दै आएको थियो।

‘बलिउडका अहिलेका जल्दाबल्दा गायक ‘आश किङ’ लाई झापामा उतार्नसक्नु चानचुने कुरा होइन,’ आयोजक संस्थाका गोपाल पोखरेलले भने, ‘यसका लागि हामीलाई नाजी इन्टरटेन्मेन्टले सहयोग गरेको छ।’

उनले माघ १ गते आश किङबाहेक नेपालका चर्चित पप गायक दीपक बज्राचार्यको समेत कार्यक्रममा प्रस्तुति रहने जानकारी दिए।

कार्यक्रमको सञ्चालन मिस नेपाल २०११ मलिना जोशीले गर्ने तय भएको उनले बताए।

कन्सर्टका लागि फन वर्ल्ड कम्पाउण्डभित्र स्टेज बनाइने भएको छ। लगभग ३ हजार दर्शकले मनोरञ्जन लिन सक्ने क्षमता रहेको कार्यक्रमस्थल तयार गरिने आयोजक संस्थाका अर्का सदस्य समिर मोदीले जानकारी दिए। उनले कार्यक्रमका लागि काठमाडौँबाट साउण्ड सिस्टम, भारतको कलकत्ताबाट एलइडी डिस्प्ले, इटहरीको गरुड सेक्युरिटिज सर्भिसबाट सुरक्षागार्ड ल्याउने तयारी गरेको जानकारी दिएका छन्।

फेम नेपाल, पोजेटिभ मिडिया इभेन्ट र नाजी इन्टरटेन्मेन्टको आयोजना रहेको कार्यक्रम सम्पन्न गर्न २० लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ। कार्यक्रमका लागि भारतको पश्चिम बङ्गाल, सिक्किम, नेपालका काठमाडौँ, बिराटनगर, धरान, इटहरी दमक, बिर्तामोड लगायतका शहरबाट आउने दर्शकले मनोरञ्जन लिने आयोजकले जनाएको छ। ‘भारतका धेरै दर्शकले हामीसँग सम्पर्क राखेर टिकट बुक गर्न थालेका छन्, मोदीले भने, ‘यो अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम रहनेमा हामी बिश्वस्त छौं।’

‘आश किङ’ले बडिगार्ड फिल्मको आइलव यु, हाफ गर्लफ्रेण्डको वारिस, ब्याङ ब्याङको मेहरवान बोलको लगायतका चर्चित गीत गाएका छन्। रोमान्टिक र सेन्टिमेन्टल गीत गाउने ‘आश किङ’ले पुस २७ गते काठमाडौँमा कन्सर्ट गरेपछि झापा आउने भएका हुन्। साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम ३ घण्टाको रहने आयोजकले जनाएको छ। कार्यक्रमको प्रचारप्रसारको लागि लोकप्रिय ब्याण्ड ‘मन्त्र’ ले सडकमा सांगीतिक प्रस्तुति आयोजना गर्ने बताइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?