६ लेन सडकमा ५ वर्षमा ८० जनाको मृत्यु

६ लेन सडकमा ५ वर्षमा ८० जनाको मृत्यु
+
-

भक्तपुर – अरनिको राजमार्गअन्तर्गत जडीबुटीबाट सूर्यविनायकसम्मको ६ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए । चालु आर्थिक वर्षको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ ।

चारदोबाटो, सूर्यविनायकलगायत स्थानमा दिनहुँ दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसारसडकमा दुर्घटना हुनेमा बढी तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकल बढी छन् ।

पर्याप्त सडकबत्ती नहुनु, ठिमी चोकमा ट्राफिक लाइट नहुनु, आकाशेपुल चोकदेखि पर हुनु, चारदोबाटोमा वारपार गर्ने सवारीसाधनका लागि आकाशे पुल नहुनु र सवारीसाधन मापदण्डभन्दा तीव्र गतिमा चलेका कारण बढी दुर्घटना भएको प्रहरीले जनाएको छ । सांसद महेश बस्नेतले अब तीनकुनेदेखि नै सडक व्यवस्थित गरिने बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?