आज सेयर कारोबार ५ बजेसम्म हुने

+
-

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज(नेप्से) को कार्यालयमा भएको आगलागीले बिहीबार निर्धारित समयमा सेयर कारोबार हुन् सकेन। नेप्सेको कार्यालयमा बिद्युत सट भई आगलागी भएकाले सेयर बजार नियमित समयमा नखुलेको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बिहीबार दिउँसो १ बजेबाट सेयर बजार सञ्चालनमा आएको उनले जानकारी दिए। बजार निर्धारित समयमा सुरु नभए पनि कारोबार समय भने नघटाइएको पराजुलीले बताए। उनले बिहीबार बजार ५ बजेसम्म सञ्चालन हुने जानकारी दिए। नियमित रुपमा शेयर कारोबार सार्वजनिक बिदाबाहेक आइतबारदेखि बिहीबारसम्म ११ बिहान देखि ३ बजे हुन्छ।

पराजुलीका अनुसार नेप्सेको पहिलो तल्लामा रहेको घरायसी नामसारी शाखामा आगलागी भएको हो। आगलागीबाट कागजपत्र लगायत केही प्राविधिक सामग्री जलेको उनले बताए।

आगलागी सामान्य नै भए पनि सर्किट जाँचका लागि विद्युत लाइन कटौती हुँदा कारोबार सञ्चालन नभएको पराजुलीले जानकारी दिए। आगलागी भएकै तलामा नेप्सेको प्राविधिक विभाग छ। विभागमा भने क्षति नपुगेको नेप्सेले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?