कैलालीमा विवेकशीलका सबै उम्मेदवारको जमानत जफत

+
-

कैलालीमा विवेकशील साझा पार्टीका सबै उम्मेदवारको जमानत जफत भएको छ।

प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका विवेकशील साझा पार्टीका सबै उम्मेदवारको जमानत जफत भएको हो। मुलुकको वैकल्पिक शक्ति बन्ने भन्दै निर्वाचनमा होमिएको पार्टीले कैलालीमा साख जोगाउन नसकेको हो।

विवेकशील साझाका प्रदेश संयोजक गोपाल हमालले गत असारमा धनगढीको मेयर (नगर प्रमुख ) मा स्वतन्त्र उम्मेदवारी दिएर झण्डै जित हात पारेका थिए। मेयरका निकटतम प्रतिद्वन्द्वी बनेका हमाल त्यसपछि विवेकशील साझा पार्टीमा प्रवेश गरेर ७ नम्बर प्रदेशको संयोजक बनेका थिए।

मेयरमा राम्रो मत ल्याएका हमालको पार्टी प्रवेशका कारण विवेकशील साझा पार्टीले यहाँ राम्रो मत ल्याउने आकलन धेरैको थियो। तर त्यसिवपरीत पार्टीका कुनै पनि उम्मेदवारले धरौटी समेत जोगाउन नसकेका हुन्। विवेकशील साझा पार्टीले कैलालीका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो।

कैलाली जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा सहभागी ४३ उम्मेदवार मध्ये ३० जनाको जमानत जफत भएको छ। जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबाहेक सबै राजनीतिक दलका उम्मेदवारको जमानत जफत भएको हो। केही निर्वाचन क्षेत्रमा भने राष्ट्रिय जनता पार्टीको पनि जमानत जफत भएको छ।

प्रदेशसभामा उम्मेदवारी दिएका ७६ जना मध्ये ४७ जनाको जमानत जफत भएको छ। कैलाली ४ मा स्वतन्त्र उम्मेदवारी दिएकी गीता राणा क्षेत्रीको पनि जमानत जफत भएको छ। सदर मतको १० प्रतिशत मत प्राप्त नगरे उम्मेदवारको धरौटी फिर्ता हुँदैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?