एमालेमा मुख्यमन्त्रीका लागि रस्साकस्सी : प्रदेश १ र ३ मा संसदीय दलको नेता छान्न चुनाव हुँदै

+
-

काठमाडौं – एमालेले प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता चुन्नका लागि शुक्रबार चुनाव गर्दैछ ।

सहमति हुन नसकेपछि दुवै प्रदेशमा संसदीय दलको नेताका लागि चुनाव हुन लागेको हो । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले आकांक्षी धेरै हुँदा सहमति जुट्न नसकेको हो ।

प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईबिच प्रतिस्पर्धा छ । यस्तै चुनाव नै हुने भए जीवन घिमिरेले पनि उम्मेदवारी दिने बताएका छन् । प्रदेश नम्बर १ मा एमालेका ५१ प्रदेशसभा सदस्य रहेका छन् । चुनाव दिउँसो हुनेछ ।

यस्तै ३ नम्बर प्रदेशमा पनि संसदीय दलको नेता छान्नका लागि शुक्रबार चुनाव हुँदैछ । मुख्यमन्त्री एवं संसदीय दलको नेता सहमतिमा छनौट गर्न नसकेपछि चुनाव गर्ने भएको हो ।

केन्द्रले प्रदेशबाटै संसदीय दलको नेता तय गर्न अधिकार दिए पनि सहमित नजुटेपछि शुक्रबार काठमाडौंमा चुनाव हुने भएको हो ।

संसदीय दलको नेता नै स्वतः मुख्यमन्त्रीको उम्मेदवार हुनेछ । संसदीय दलको नेताका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् ।

एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?