कंडेल एमाले संसदीय दलको नेता

कंडेल एमाले संसदीय दलको नेता
फाइल तस्बिर
+
-

सुर्खेत-नेकपा एमाले प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा यामलाल कंडेल चयन भएका छन्।

सुर्खेत क्षेत्र नं. २ (क) बाट निर्वाचित कंडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन्।

यसअघि एमाले नेता प्रकाश ज्वालाले पनि संसदीय दलको नेतामा दावी गरेपनि आजको बैठकबाट सहमति जुटेको हो।

एमाले प्रदेश नम्बर ६ का सह–संयोजकसमेत रहेका कंडेल मुख्यमन्त्रीको दावेदार थिए। तर, प्रदेश ६ मा माओवादीले मुख्यमन्त्री पाएपछि उनी सभामुख बन्ने चर्चामा थिए।

पोलिटव्यूरो सदस्यसमेत रहेका कंडेलले प्रदेश सभामुख पदमा भने आफ्नो दावी नरहेको बताएका छन्।

विहीबार वीरेन्द्रनगरमा बसेको संसदीय दलको दोस्रो बैठकबाट कंडेल सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्।

मुख्यमन्त्री नपाएपछि प्रदेश ६ मा बहुमत नजिक पुगेको एमालेले सभामुख र मन्त्रीमा चित्त बुझाउनुपर्नेछ । प्रदेश नम्बर ६ मा संसदीय दलको नेता चयन गर्ने एमाले पहिलो हो।

अन्य दलहरुले केही दिनमा संसदीय दलको नेता टुङ्गो लगाउने बताएका छन्।

संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीको चर्चा छ भने नेपाली कांग्रेसबाट जीवनबहादुर शाही र दिलबन्दु श्रेष्ठ आकांक्षी छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?